ओखलढुंगा– ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका–६ हिलेपानीको मितेरिभन्ज्याङ स्थित सिद्धिचरण राजमार्गमा टाटा सफारी गाडी दुर्घटना हुँदा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा सिमरा महानगरपालीका १५ का ४५ बर्षीय पृथ्वी बहादुर श्रेष्ठ रहेका छन्।
आइतबार दिउँसो १२ बजे ओखलढुंगाबाट रामेछापतर्फ जाँदै गरेको बा११च ५२१० नम्बरको टाटा सफारी गाडी अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी हर्कपुर र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्दार गरी उपचारका लागि विभन्न अस्पताल पठाएको छ। घाइते भएकामध्ये काभ्रेको धुलिखेल नगरपालिका–११ आरुबोटका ३२ बर्षीय मानकाजी तामाङ, ओखलढुङ्गाको मानेभन्ज्याङ–१ मोलीका २६ बर्षीय टेक बहादुर गिरि, उनकै छोरा ४ बर्षीय निर्जल गिरि र रामेछाप गोकुलगंगा ४ बेताली का १२ बर्षीय अभिषेक योगीलाई एम्बुलेन्सद्वारा काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ।
अन्य घाइते सोही गाडीका चालक ओखलढुंगा सिद्धिचरण– २ ठूलाछापका २९ बर्षीय केशब कट्वाल, टेक बहादुर गिरिकी श्रीमती २५ बर्षीया हिरामाया गिरि, रामेछाप गोकुलगंगा–४ बेतालीकी २८ बर्षीया राधीका योगी, उनकै छोरी १ बर्षीया अनुषा योगी र ओखलढुङ्गाको लिखु–२ सत्लुनका १२ वर्षीयपर्वत गिरीलाई हेलिकप्टरद्वारा उद्दार गरी काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।