• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्णाली सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम : सुरुङ मार्ग निर्माणदेखि रेल सञ्चालनसम्म

64x64
नेपाल लाइभ आइतबार, जेठ २७, २०७५  ०५:५१
1140x725

सुर्खेत– चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि कर्णाली प्रदेशले बजेट ल्यायो। तर छोटो समयका लागि ल्याइएको बजेटमा निकै महत्वाकांक्षी योजना समेटेको भन्दै टिप्पणी भयो। आर्थिक वर्ष सकिनै लाग्दा सरकार आफ्ना योजना कार्यान्वयनमा असफल भएको मान्नेहरु पनि धेरै छन्।

छोटो समयका लागि ल्याइएको बजेट कार्यान्वयनमा सुधारको संकेत दिन नसकको कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आफ्नो नीति तथा कार्यक्रम शनिबार सार्वजनिक गरेको छ। यसपटकको वार्षिक नीति तथा कार्यक्रममा पनि धेरै महत्वाकांक्षी योजनाहरुलाई समेटिएको छ। चालु आर्थिक वर्षको तीन महिनाका लागि ल्याइएको बजेटमा सुरुङ मार्ग र केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने योजना समावेश थियो। सरकारले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आगामी वर्षको नीति तथा कार्यक्रममा पनि रेल सञ्चालनदेखि सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समावेश गरेको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले आफ्नो नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी योजनाहरुका साथमा सडक विस्तारलाई मुख्य प्राथमिकता दिएको छ। सरकारले सडकको पहुँच विस्तारका साथै रेलमार्ग र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको हो।

अघिल्लो नीति तथा कार्यक्रममा जस्तै यसपटक पनि आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुर्खेतमा केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने योजना समेटेको छ। सुर्खेतको गोठीकाँडा र सिद्धपाइलामा तथा अन्य पहाडी जिल्लामा केवलकार सञ्चालनका लागि आवश्यक अध्ययन गरिने कार्यक्रममा उल्लेख छ। त्यसैगरी सुर्खेतलगायतका स्थानमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यातायात क्षेत्र पहिलो प्राथिमिकतामा

कर्णालीको आर्थिक समृद्धिका लागि छिमेकी प्रदेशका व्यापारिक केन्द्रसँग प्रदेश राजधानीलाई जोड्न आगामी आर्थिक वर्षबाटै रेलमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ। यस्तै हवाई सेवालाई प्रभावकारी बनाउन कर्णालीका दुर्गम जिल्लामा रहेका विमानस्थललाई विस्तार तथा सुधार गर्दै नियमित बनाउने बताइएको छ। कालिकोटको सुनथराली विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउने, सुर्खेतबाट हिमाली जिल्लामा हवाई सेवा प्रदान गर्ने र सुर्खेतमा अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण पनि सरकारको प्राथमिकतामा परेको छ।

सडक निर्माण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको सरकारको नीति तथा कार्यक्रममा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। अबको एक वर्षभित्र हुम्ला र डोल्पा सदरमुकाममा सडक पुर्याउने लक्ष्य समेत राखिएको छ। यस्तै सुर्खेतदेखि रारा जोड्ने सडक कालोपत्रे, प्रदेश राजधानी वीरेन्द्रनगरसँग नजिक रहेका आर्थिक सहरहरु नेपालगञ्ज, धनगढी, घोराही र जुम्लालाई सडक सञ्जालमा जोड्ने, प्रदेशका हरेक जिल्लाका सदरमुकामलाई सडकमार्फत प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोड्ने तथा उत्तरदेखि दक्षिण जोड्ने जमुनाह–हिल्सा सडक निर्माणलाई पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेको छ। 

बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सासम्म, सुर्खेतको रानीघाटदेखि बर्दियाको भुरिगाउँसम्म, जाजरकोटको मुल्सादेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्ग निर्माण गर्ने योजना सरकारको छ। त्यसैगरी विकट जिल्लाहरु हुम्ला, जुम्ला र मुगुमा पनि सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याइने

यसबाहेक सरकारले गरिबी घटाउने योजनालाई पनि प्राथमिकतामा राखेको छ। हाल कर्णालीमा करिब ५१ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको र यसलाई अबको ५ वर्षभित्र आधा अर्थात २५ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ। यस्तै अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार १ सय डलर बनाउने लक्ष्य सरकारको छ। अहिले कर्णालीमा प्रतिव्यक्ति आय ८ सय ६ डलर छ।

एकीकृत बस्ती विकास कार्यक्रममार्फत २ लाख घरधुरीलाई व्यवस्थापन गर्ने, किसानलाई पेन्सन, कृषि विमा र गरिव परिवारलाई आयआर्जनका लागि सहकारीमार्फत अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ। लगानीमैत्री वातावरण निर्माण गरेर ठूला आयोजना सञ्चालन गर्ने र रोजगारी उपलब्ध गराउने नीति सरकारको छ।

५० वटा नयाँ पर्यटकीय स्थलहरुको पहिचान

प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको अर्को क्षेत्र हो, पर्यटन। प्रदेशको समृद्धिको आधार पर्यटन भएको भन्दै सरकारले यसका लागि पर्यटनमा लगानी बढाउने नीति लिएको छ। ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ लाई थप व्यवस्थित गर्ने, ‘कर्णाली जाऔं’ अभियान सञ्चालन गर्ने, पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने र प्रदेश सरकारले ५० वटा नयाँ पर्यटकीय स्थलहरुको पहिचानका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका पर्यटनसँग सम्बन्धित योजना कार्यक्रममा उल्लेख छ।

त्यसैगरी कर्णाली पर्यटन बोर्डको स्थापना गर्ने, प्राकृतिक सौन्दर्य, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक, कृषि, स्वास्थ्य, वन र जडिबुटी, जनयुद्ध स्मृति गन्तव्य, जनयुद्ध संग्रहालय र जलयात्रा तथा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने योजना समावेश गरिएको छ।  काँक्रेविहार, कुविण्डे ताल, वायुघट्ट, स्यार्पु दह, शे–फोक्सुण्डो, चन्दनाथ, छायानाथ, रारा ताल, हिल्सा, कैलाश मानसरोवर, पचाल झरना, महाबु, पञ्चकोशी र सिद्धपाइलालाई जोडेर प्रादेशिक पर्यटकीय सर्किटको लागि अध्ययन गर्ने योजना सरकारले नीति तथा कार्यक्रममा समेटेको छ। 

सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय सर्किटको विस्तार गर्ने, हवाइ इन्धनमा अनुदान दिने, गुरिल्ला पर्यटनको प्रचार गर्ने र नयाँ होमस्टेहरु स्थापना गर्नेलगायत उल्लेख छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्