काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य बढेको थियो।
महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै छ। शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो।
आज तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले घटेको हो।
आइतबार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।