विराटनगर– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा सरकार परिवर्तनको कुनै योजना नभएको बताएका छन्।
प्रदेश २ मा (ने क पा)को समर्थन फिर्ता र केन्द्र सरकारमा संघीय 8वादी फोरम, नेपालको प्रवेशसँगै प्रदेश २ को सरकार धरापमा परेको चर्चा चलिरहेका बेला अध्यक्ष दाहालको यस्तो धारणा आएको हो।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ।’ मुलुकले लामो समयपछि स्थिर सरकार पाएकाले सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रित रहेको उनको भनाइ थियो।

कार्यकारी राष्ट्रपतिको चर्चासँगै पाँच वर्षपछि प्रचण्ड राष्ट्रपति बन्ने कुरा पनि चर्चा भइरहेको विषयमा उनले अहिले त्यो बहशको विषय नभएको बताए। ‘अहिले देशलाई समृद्ध बनाउने बेला छ। त्यो विषयमा त्यति बेलै चर्चा गर्नु उपयुक्त हुन्छ’, उनले भने।
अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप आयोगले सोचे अनुसारको काम गर्न नसकेको स्विकार्दै समय थप गरेर कामलाई अगाडी बढाउने बताए।
पहिलो अभ्यास भएकाले संघियता कार्यान्वयनमा केही जटिलता आएको बताएका छन्। तर, त्यसैका आधारमा कसैले नियतबस संघियता असफल बनाउन खोज्यो भन्नु गलत हुने उनको तर्क छ।
उनले भने, ‘संघियताको नयाँ अभ्यास भइरहेको छ, केही जटिलता छन्। तर असफलै बनाउन खोजिएको भन्नुको औचित्य छैन।’ मुलुक नयाँ अभ्यासमा चलिरहेकाले बिस्तारै सवै कुरा मिलेर जाने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।