• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एक मर्यादापालकको मनोवाद : अनुशासन सकिएपछि नेता बन्ने हो र!

64x64
मिलन बगाले शनिबार, भदौ २६, २०७८  २०:५८
1140x725

रातको ११ बजेको छ। संसद्‍ भवनको घम्साघम्सी झेलेर डेरामा आएको पनि केही घण्टा भइसक्यो। जीउ टन्टनी दुखिरहेको छ। माननीयज्यूहरुको तानातानमा परेर च्यातिएको कोट किलामा झुन्डिरहेको छ। कोटले गिज्याएझैं छ। लोप्पा खुवाएको महसुस भैरहेछ।

त्यही कोट हेर्दै दिउँसोको तमासा सम्झिरहेको छु। माननीयज्यूहरुले आज त अति गर्नुभो। हातमा क्वाप्पै टोकिदिनुभो। दाहिने हातमा गहिरो घाउ छ। त्यसकारण खाना खान पनि अप्ठेरो भयो। श्रीमतीले आफ्नै हातले खाना खुवाउँदै माननीयज्यूहरुलाई सकेको गाली दिइन्। म हाँसिरहे। उनी छक्क परिन्।

‘यस्तो हुँदा पनि रिसाउन मन नलाग्ने कस्तो फौजी हो, तपाईं?’ उनले भनिन्।

मिलन बगाले

‘म मर्यादापालक हुँ,’ मैले भनें।

‘खुब नाप्पियो!’ उनले भनिन्। म चुप लागें।

माननीयज्यूले दाँत बेस्सरी गाड्नुभएछ। चोट गहिरै छ। घाउ ड्रेसिङ गराएर आएको छु। हाकिम साबले दुई दिन छुट्टीमा बस्न भन्नुभएको छ।

हाम्रो संसद्‍भित्रको घम्साघम्सी कुनै नौलो कुरो होइन। यस्तो त चलिरहन्छ। संसद्‍ चल्नु भनेकै घम्साघम्सी हुनु हो। हानाहान र तानातान हुनु हो।

आजको घम्साघम्सी देखेर चाहिँ साह्रै चित्त दुख्यो। घम्साघम्सी चलिहरँदा मैले हाम्रो भाग्य, भविष्य फुटिरहेको देखें। चुनाव जितेर देश बनाउँछु भनेर आएका मान्छे गाँठ्ठे। कोही मन्त्री बनिसकेका। कोही सभामुख बनिसकेका। कोही प्रधानमन्त्री बनिसकेका। टीभीमा ठूल्ठूला कुरा बोल्ने, पत्रिकामा ठूल्ठूला कुरा लेख्ने, घम्साघम्सी नहुँदा रोष्ट्रममा उभिएर ठूल्ठूला कुरा गर्ने मान्छेहरु। लाज, सरम, डर, घिन कता हराएको?

Ncell 2
Ncell 2
nimb
nimb

संसारले टीभीमार्फत हेरिरहेको छ। उम्लेको रिस सेलाउने छाँटकाँट छैन। हिजोभन्दा आज झन् हिंस्रक। देशैभरको रिस थुप्रिने ठाउँलाई संसद्‍ भन्नुपर्ने। कठै हामी नेपाली!

हाम्रा माननीयको रिस कति चर्को! उफ्रिएको उफ्रियै। मनपरी नारा लगाएको लगायै। धकेलेको धकेल्यै। घरी यता ठेलेको छ, घरि उता। लडिबुडी गरेको छ। काँध चढेको छ। मर्यादापालकको कठालो समातेको छ। लुगा तानेको छ। चोर औँलो ताकेर नानाथरी भनेको छ। मानौं मर्यादापालक उहाँहरुको प्रधान शत्रु हो। मर्यादापालकले गर्दा देश बिग्रिएजस्तो। कहाँबाट आएको यस्तो जाँगर? कसरी उम्लिएको यत्रो रिस?

संसद्‍मा गतिलो विषयमा छलफल चल्दा निदाउने, खासखुस खासखुस गर्ने, मोबाइल हेर्ने, भित्रबाहिर गरिरहने, संसद्‍मा आउँदै नआउने, क्यान्टिनतिर हल्लिने माननीयहरु पनि लड्ने बेलामा जोशिला। मारामार गर्ने बेलामा त उपस्थिति पनि शत प्रतिशत। यति अनुशासनहीन सभा संसारमा कतै नहोला। माननीयज्यूहरुलाई विद्यार्थी मान्ने हो भने यति अनुशासनहीन विद्यार्थी संसारको कुनै स्कूलमा छैनन् होला।

तस्बिर: रासस।

कुन दिन कस्तो दशा लागेर मर्यादापालकको जागिर खान यता मोडिइएछ जिन्दगी। फौजी पोशाक, फौजी शान–शौकत र ब्यारेकको जागिरको बाटो फेरिएर जिन्दगी बानेश्वरको सेतो घरतिर मोडिदा कम्ता मख्ख थिएँ, म! संसद्‍को मर्यादापालक! शानै अर्को, मानै अर्को भएजस्तो लाग्याथ्यो। संसद्‍ भवनमा राष्ट्रिय पोशाक लगाएर चट्ट परेर बस्न पाइने। संसद्‍ आक्कलझुक्कल लाग्ने न हो! तर, त्यही आक्कलझुक्कलले हत्तु बनाउँछ।

Xtrem

Xtrem

पहिला तातो गोलीको डर नलाग्ने फौजी मान्छे म। संसद्‍भित्र छिरेपछि त माननीयज्यूहरु तातो गोलीभन्दा धेरै चर्को लाग्ने। किचेर, थिचेर मार्ने हुन् कि भन्ने डर। सभामुखसँग कुरो नमिलेपछि अरिंगालको गोलोझैं बेलतिर हुत्तिन्छन्। हामी त सधैँ चनाखो बन्नुपर्छ।

माननीयज्यूहरुको खासखुस सुनेर, मुड हेरेर कुरो पहिल्यै बुझिन्छ। गडबड हुनासाथ हुर्र दौडेर रोष्टम अगाडि गयो, हात समातेर साङ्लो बनायो। अलिअलि ठेलठाल त ठीकै हो। कस्ताकस्ता नमूना मान्छेहरु माननीय भएछन्, गाँठे। टेबुल जुरुक्क उठाएर हान्न खोज्छन्। माइक झटारो हान्न खोज्छन्। धकेलाधकेल गरेर ढाडै भाँचुलाजस्तो गर्छन्। ज्यानै लिउला झैं पो गर्छन्।

हिजो त अत्याचारै गरे। कोपरे। लोपारे। खुट्टा खुल्चिए। लुगा तानिदिए। टोपी हुत्याइदिए। महिला मर्यादापालक साथीहरु पनि घाइते भएका छन्।

तीजको बेला अरु महिला छमछमी नाचिरहेका छन्। हाम्रा महिला मर्यादापालक साथीहरु सांसदहरुको हानाहान र तानातानमा परेका छन्।

हामी त फौजी मान्छे, अनुशासनको काइदा जान्दछौं। अनुशासन हराएपछि मान्छे नेता बन्छ कि क्या हो? कहिल्यै समयमा आउँदैनन्। आए पनि पूरा समय बस्दैनन्। माननीयज्यूहरु अन्त कतै नभुलीकन समयमै हलमा झुरुप्प भएर आउनुभयो भने हामी कुरा बुझिहाल्छौँ– आज लडाइँ हुनेवाला छ। त्यो बेला उहाँहरुको अनुहारमा गजबको तेज हुन्छ। जीउ फूर्तिलो हुन्छ। गफ पनि अर्कै हुन्छ। अनि सभामुखज्यूको अनुहार चाहिँ निन्याउरो हुन्छ। एकदम निरिह र आतंकित।

अहिलेको सभामुखज्यू माओवादी हुनुहुँदो रहेछ। उहिल्यै स्कूलको हेडसर पनि बन्नुभएको रहेछ। तर यति धेरै डरपोक सभामुख मैले कहिल्यै देखेको थिइनँ। सधैँ डराएजस्तो। सधैँ अल्मलिएजस्तो। सधैँ आत्तिएजस्तो। लेखेर ल्याएका कागजपत्र त जसोतसो पढ्नुहुन्छ, केही गडबड भएर स्थिति सम्हाल्न पर्‍यो कि उहाँको होसहवास् उड्छ। नियमकानून केही जान्नुहुन्न। एक नम्बरको हुस्सु हुनुहुन्छ।

यसो फकाउनी, फस्ल्याङफुस्लुङ पार्नी, सुवास अध्यक्षज्यूले झैं मुसुमुसु हाँसेर नियम कानुनका चिप्ला र काउला कुरा गरेर अलिअलि पेल्नी, केही ढंग छैन बरा।  हात काँपेको मात्र देखिन्छ। काँप्दै आउनुहुन्छ। काँप्दै जानुहुन्छ। अलमल्ल परेको देखेपछि कर्मचारीले खुसुखुसु लेख्दै कागज दिइरहन्छन्।

पहिला पार्टीको लाइन मिल्दा त सुवास अध्यक्षज्यूलाई खुसुखुसु म्यासेज पठाएर नियम उपनियम सोध्दै– अब केकसो गर्ने हो, भन्नुहुन्थ्यो रे। मैले अरु मर्यादापालक साथीहरुले भनेको सुनेको। अचेल सुवास अध्यक्षज्यू यही कुरो गर्दै उहाँलाई उडाउनुहुन्छ रे। माओवादी यति धेरै काँतर हुँदो रछ भन्ने कुरा थाहा पाउँदा म फौजीलाई पनि धेरथोर आनन्द लाग्छ।

हिजोको घम्साघम्सीमा मेरो त नाम लेखेको ब्याच पनि झरेर कता पुगेछ, कता! लुगा पनि अलिकति च्यातिएको छ। सरकारले वर्षमा जम्मा दुई जोर लुगा दिन्छ। माननीयज्यूहरु दिनकै एकजोर लुगा च्यातिदिउँला जस्तो गर्नुहुन्छ। मर्यादापालक जस्तो मान्छे चटक्क परेर जानु परिहाल्यो। चटक्क परेर घरबाट जानु र भुत्ल्याई खाएर घर फर्कनु मेरो नियति भएको छ।

अर्थमन्त्रीज्यू संसद्‍मा गुरिल्ला शैलीमा गुरुरुरुरु...दौडिनुभयो। उहाँको गुरिल्ला दौडाइ देखेर म त झन्डै हाँसेको। मर्यादापालकले मर्यादा भुलेर हाँस्न मिलेन नि! मर्यादा भुल्ने काम त माननीयज्यूरुको पो हो त।

अर्थमन्त्रीज्यू संसद्‍मा गुरिल्ला शैलीमा गुरुरुरुरु...दौडिनुभयो। उहाँको गुरिल्ला दौडाइ देखेर म त झन्डै हाँसेको। मर्यादापालकले मर्यादा भुलेर हाँस्न मिलेन नि! मर्यादा भुल्ने काम त माननीयज्यूरुको पो हो त। कता हाँस्ने कुरा गरेको होला, मैले? उहाँलाई देख्दा मेरो त सातो जान्छ। फौजी भन्दैमा हुन्छ र ? फौजीको पनि सातो जान्छ, कहिलेकाहीँ।

केही समय पहिला अहिलेको अर्थमन्त्रीज्यूले संसद्‍मा भयंकर तमासा गर्नुभएथ्यो। बुरुक–बुरुक उफ्रदै रोष्टमतिर जान खोज्नुभएको थियो। बलियो पनि कति हो! साथीहरुले पछाडि धकेलेको धकेल्यै, उहाँ उफ्रिएको उफ्रियै। जति उफ्रिए पनि अघि बढ्न नसकेपछि मेरो नाकको डाँडीतिर चौर औँलो तेस्र्याएर ‘पख्लास्’ भन्नुभएको सम्झन्छु। हिजो उहाँलाई नै सुरक्षा दिइयो। मर्यादापालकको मर्यादा बेग्लै छ। शान अर्कै छ।

बिदामा घरतिर जाँदा टीभीमा मलाई देख्यौं भन्नुहुन्छ इष्टमित्रहरु। माननीयज्यूहरुसँग घम्साघम्सी पर्दा हाम्रो पनि टीभीमा अनुहार देखिने रहेछ। नत्र त टीभीले हामीलाई किन देखउथ्यो र? हाम्रो कथा किन खिच्थ्यो र? ‘राष्ट्रिय पोशाक लगाउँदा त तिमी कस्तो हिरो देखिएको’ –भन्नुहुन्छ। संसद्‍भित्रको घम्साघम्सीको कथा सुन्न सबैलाई चाख लाग्ने रहेछ। म त अड्कलेर मात्र सुनाउँछु। काण्ड त कत्राकत्रा छन् नी, संसद्‍भित्रका। सबै कुरो सुनाउन भएन।

एकजना महिला माननीयले हिजो अति गर्नुभो। मैले नाम त भुलें। माइक उखेलेर सभामुखलाई हान्न खोजेर जात्रा। गृहमन्त्रीज्यूको माइकै उखेल्नुभएछ। जसोतसो माइक खोस्न सकियो, नत्र त ठूलै दुर्घटना हुन्थ्यो। प्रधानमन्त्रीज्यूले चाहिँ हत्तपत्त माइक लुकाइहाल्नुभयो। त्यो दृश्य मैले देखिरहेको थिएँ। प्रधानमन्त्री बाठो हुनुहुँदो रैछ।

तस्बिर: रासस।

गृहमन्त्रीज्यू त कस्तो हुस्सु! माइक उखेल्न आएको परैबाट देखेपछि यस्सो निकालेर लुकाउनुपथ्र्यो नी। उहाँ एसएसबीले तुइन काटेको रिपोर्ट लुकाउन चाहिँ सिपालु हुनुहुन्छ। बोल्दाखेरि सत्य कुरा लुकाउन पनि सिपालु हुनुहुन्छ।

यसपालिको लडाइँ खतरा छ। झन् खतरा तरिकाले लड्ने हो भनेर खुसुरखुसुर गरेको सुन्छु। माइक पाए हानिदिन्थेँ, अर्को दिन आएर हानिदिन्छु– भनेर माननीयज्यूले अन्तरवार्ता पनि दिइसक्नुभएछ। काँधमै चढेर रोष्टममा पुगिछाड्ने र कुर्सीबाट लडाइदिने सल्लाह चलेको साथीहरुले सुनेका रहेछन्। हाम्रो हाकिम सा’बकहाँ यो कुरो पुगिसकेको छ। त्यसकारण मानीनयहरुसँग डटेर लड्ने सल्लाह हुँदैछ। हाम्रो। अलि अग्ला–अग्ला मर्यादापालक थप्ने सल्लाह पनि भइरहेको छ।

प्रतिपक्षले माइकले हान्ने, कुर्सीबाट लडाउने कुरो सुनेर सभामुखज्यू थरर हुनुभएको छ। हाम्रो हाकिमसा’बसँग सल्लाह पनि भैसकेको छ। सबै मर्यादापालकको डाइट पनि थपिएको छ। फाइट थपिने भएपछि डाइट पनि थपिने भैहाल्यो। ‘लुगा च्यातिए पीर नगर्नु, अर्को जोर हालम्ला,’ भन्नुभएको छ।

प्रतक्ष्य प्रसारण हुने जमानामा उहाँहरु खुला रुपमा यस्तो गर्नुहुन्छ, क्यामेराले नखिच्ने ठाउँमा बसेर कस्तोकस्तो साँठगाँठ र भ्रष्टाचार गरिरहनु भएको छ होला? त्यो सम्झिँदा चाहिँ गाठो पर्छ मनमा। कस्तो दिनमा मर्यादापालक बनेर संसद्‍ छिरिएछ! मर्यादामा बस्नेहरुको मर्यादापालक बन्ने दिन पनि आउला कि यस्तै ‘फाइटरहरु’सँग फाइट गर्दागर्दै अवकाश पाउने दिन आउला? सम्झँदै दिक्क लाग्छ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्