• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समस्याको समाधान 'आत्महत्या' नबनोस्

64x64
डा. राजेश संभाजीराव पाण्डव शुक्रबार, भदौ २५, २०७८  १९:५४
1140x725

हामी सबैले एकपटक आ-आफ्नो मुटुमाथि हत्केला राखौँ त। 

मुटुको धडकन थाहा पाउनुभयो?

यसलाई उद्देश्य भनिन्छ।

सुन्दा सामान्य सुनिए पनि, तर खास कुरा भनेको तपाईंको मुटु अझै पनि धड्किरहेको छ र शरीरभरि यसले रक्तसञ्चार गरिरहेको छ, अनि यो जीवित रहिरहन चाहिने पर्याप्त कारण हुनसक्छ। हामी कुनै कारणले नै जीवित छौँ, त्यसैले हार कहिल्यै नमान्नुहोला।

केही मानिसहरूमा आत्महत्या गर्ने सोच आउनसक्छ। यसो हुनुको कारण उनीहरू आफ्नो जीवनबाट खुसी छैनन् र जीवनको खास उद्देश्य पहिल्याउन सकेका छैनन् भन्ने हो। यदि तपाईं वा तपाईंको नजिकको कसैमा आत्महत्या गर्ने सोच आइरहेको छ भने तुरुन्त ११६६ मा डायल गर्नुहोस्। अब नेपालमा पनि आत्महत्या रोकथाम हेल्पलाइन ११६६ उपलब्ध भएको छ।

मानसिक स्वास्थ्य र नशालुपदार्थ सेवनसम्बन्धी समस्याहरूको बढ्दो प्रवृत्तिबाट नेपाल पनि अछुतो छैन। समग्रमा यी दुवै कारकहरू न्यून तथा मध्यम आय भएका मुलुकमा पाँचमध्ये एक वर्षको अपाङ्‍गताको लागि जिम्मेवार रहेका छन्।

आत्महत्या भन्नाले कमजोर मानसिक स्वास्थ्यलाई जनाउँछ र संसारभर मृत्युको प्रमुख कारणमध्ये यो एक हो। नेपालमा सन् २०१९ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले उनीहरूमा आत्महत्याको सोच भएको बताएका थिए। सन् २०२० मा प्रत्येक दिन हामीले नेपालमा आत्महत्या घटनामा १९ व्यक्ति गुमायौं। आत्महत्याको कारण हुने मृत्युदर एचआईभी, मलेरिया, स्तन क्यान्सर वा युद्ध तथा आपराधिक हत्याबाट हुने मृत्युभन्दा धेरै छ।

यदि हामी आत्महत्याको बढ्दो दरको यो प्रवृत्तिलाई रोक्न र उल्ट्याउन विफल भयौं भने नेपालले दिगो विकास लक्ष्यहरू र विश्व स्वास्थ्य संगठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्ने छैन।

Ncell 2
Ncell 2

कोभिड-१९, भूकम्प वा बारम्बार आउने बाढीजस्ता आपत्कालीन अवस्थाहरूले पहिल्यै दबाबमा  रहेका स्वास्थ्य प्रणाली र सेवाहरूमा झनै दबाब बढाएका छन्। यस्ता आपत्कालीन अवस्थाहरूले उच्च प्राथमिकता पाउँछन् र अन्य विषयहरूलाई ओझेलमा पर्छन्। आपत्कालीन अवस्थाहरूले मानसिक स्वास्थ्यलाई झनै बिगार्ने भएकाले मानसिक स्वास्थ्यलाई आपत्कालीन अवस्थाको सन्दर्भसमेतमा प्राथमिकता दिइनुपर्छ।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ।

मानव व्यवहारसम्बन्धी वैज्ञानिक स्यान्ड्रा जे क्लार्कले प्रायः उद्धृत हुने सन् २००१ को शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरेकी छिन् : आत्महत्याबाट व्यक्ति जीवनमा एक पटक मर्दछ। तर, जो बाँकी रहन्छन्, तिनीहरू ती भयानक क्षणहरूसँगै पुनः जिउने र बुझ्ने कोसिसमा हजार मृत्यु मर्दछन्।

अध्ययनहरूका अनुसार प्रत्येक आत्महत्यामा औसतमा ६ वा सोभन्दा बढी आत्महत्याका प्रभावितहरू हुन्छन्। यिनीहरू आफूले अति माया गर्ने व्यक्ति गुमाएका र त्यसको कारणले शोकमा जिउने व्यक्तिहरू हुन्। आत्महत्या प्रभावितहरू आत्महत्याको बारेमा सोच्ने, योजना बनाउने वा आत्महत्याको प्रयास गर्ने बढ्दो जोखिममा हुन्छन्, यसले पीडा र दुःखको अविरल प्रभावलाई झनै बढाउँदै लैजान्छ।

विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथामको 'लाइभ लाइफ एप्रोच' (जीवन जिउने पद्धति) कार्यान्वयन गर्नका लागि बृहत् मार्गदर्शन जारी गरेको छ। यस पद्धतिमा चार वटा रणनीति छन्।

पहिलो, अत्यधिक खतरनाक कीटनाशक विष र बन्दुकजस्ता आत्महत्या गर्ने साधानहरूमा पहुँच सीमित गर्ने।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ।

दोस्रो, आत्महत्याको जिम्मेवार रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने।

मिडियाद्वारा आत्महत्याको जिम्मेवार रिपोर्टिङसम्बन्धी विश्व स्वास्थ्य संगठनले तयार गरेको मार्गदर्शनको नेपाली अनुवाद संस्करण हामी छिट्टै विमोचन गर्दैछौँ र यो हामी सबैका लागि खुसीको कुरा हो। मिडियाका प्रतिनिधिहरूलाई यो मार्गदर्शनसँग अभ्यस्त हुन र आत्महत्यासम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्न म आग्रह गर्दछु। त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेल्पलाइन ११६६ राख्न पनि म अनुरोध गर्दछु। के तपाईं सचेतना जगाउन र जीवन जोगाउन सहयोग गर्न सक्नुहुन्छ?

तेस्रो, किशोरकिशोरीहरूमा सामाजिक-संवेगात्मक जीवनोपयोगी सीप विकास गर्ने। 

किशोरावस्था (१० देखि १९ वर्षको उमेर) सामाजिक-संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्त्वपूर्ण उमेर हो, किनकि मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ। जीवन जिउने (लिभ लाइफ) मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने र जिस्काउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दछ। यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसको लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ।

चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका छन् वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्याङ्‍कन, व्यवस्थापन र अनुगमन हो।

आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्‍कन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण कार्यक्रम हुन्। मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढङ्‍गले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदै छन्। यो पद्धति लागतमैत्री छ र मानिसहरूको समग्र स्वास्थ्य तथा काम गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्दछ। तथापि, यो सेवालाई राष्ट्रियस्तरमै उपलब्ध गराउनको लागि सरकारले मानसिक स्वास्थ्यमा लगानीलाई धेरै गुणाले बढाउन जरुरी छ।

यी कार्यक्रमहरू नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० र किशोरावस्थाको स्वास्थ्य रणनीति २०१८ मा पनि समेटिएका छन्। तथापि, मानसिक सुस्वास्थ्यको प्रत्याभूति गर्नेगरी बहुक्षेत्रीय कार्यहरूलाई समेट्दै अघि बढ्ने एउटा बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ।

'मानसिक स्वास्थ्यको लागि विशेष अभियान' नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ।

हामीले मानसिक स्वास्थ्यलाई मानवअधिकार, सामाजिक समानता वा विकास योजना, जे जस्तो दृष्टिकोणले हेरे पनि मानसिक स्वास्थ्यमा लगानी बढाउन प्रेरित गर्ने विश्वसनीय प्रमाण उपलब्ध भइसकेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० कार्यान्वयन गर्न र नेपालका लागि आत्महत्या रोकथामसम्बन्धी बृहत् कार्यक्रम विकास गरी कार्यान्वयन गर्नका लागि स्रोतहरूको विनियोजन बढाउन म आह्वान गर्न चाहन्छु।

'मानसिक स्वास्थ्यको लागि विशेष अभियान' नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ। यस अभियानले नेपालको मानसिक स्वास्थ्य प्रणालीलाई साना परियोजनागत कार्यबाट माथि उठेर उल्लेख्य सुधारका कार्यहरूमा सहभागी हुने दीर्घकालीन अवसर प्रदान गर्दछ।

यो नेपालको लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा प्रणाली सुधार कार्यान्वयनमा सहयोग गर्ने पञ्चवर्षीय प्रतिबद्धता हो। हामी नर्वे सरकार र मातहतको आर्थिक सहायता निकाय नोराडलाई उनीहरूको महत्त्वपूर्ण र सामयिक सहयोगको लागि धन्यवाद दिन चाहन्छौँ।

महिला तथा सज्जनवृन्द, आत्महत्या कहिल्यै पनि समाधान बन्न सक्दैन। आत्महत्या कहिल्यै पनि समाधान नबनोस् भन्ने सुनिश्चित गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ।

(विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. पाण्डवले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा व्यक्त गरेको मन्तव्य)

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. राजेश संभाजीराव पाण्डव
लेखकबाट थप
समस्याको समाधान 'आत्महत्या' नबनोस्
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्