• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समस्याको समाधान 'आत्महत्या' नबनोस्

64x64
डा. राजेश संभाजीराव पाण्डव शुक्रबार, भदौ २५, २०७८  १९:५४
1140x725

हामी सबैले एकपटक आ-आफ्नो मुटुमाथि हत्केला राखौँ त। 

मुटुको धडकन थाहा पाउनुभयो?

यसलाई उद्देश्य भनिन्छ।

सुन्दा सामान्य सुनिए पनि, तर खास कुरा भनेको तपाईंको मुटु अझै पनि धड्किरहेको छ र शरीरभरि यसले रक्तसञ्चार गरिरहेको छ, अनि यो जीवित रहिरहन चाहिने पर्याप्त कारण हुनसक्छ। हामी कुनै कारणले नै जीवित छौँ, त्यसैले हार कहिल्यै नमान्नुहोला।

केही मानिसहरूमा आत्महत्या गर्ने सोच आउनसक्छ। यसो हुनुको कारण उनीहरू आफ्नो जीवनबाट खुसी छैनन् र जीवनको खास उद्देश्य पहिल्याउन सकेका छैनन् भन्ने हो। यदि तपाईं वा तपाईंको नजिकको कसैमा आत्महत्या गर्ने सोच आइरहेको छ भने तुरुन्त ११६६ मा डायल गर्नुहोस्। अब नेपालमा पनि आत्महत्या रोकथाम हेल्पलाइन ११६६ उपलब्ध भएको छ।

मानसिक स्वास्थ्य र नशालुपदार्थ सेवनसम्बन्धी समस्याहरूको बढ्दो प्रवृत्तिबाट नेपाल पनि अछुतो छैन। समग्रमा यी दुवै कारकहरू न्यून तथा मध्यम आय भएका मुलुकमा पाँचमध्ये एक वर्षको अपाङ्‍गताको लागि जिम्मेवार रहेका छन्।

आत्महत्या भन्नाले कमजोर मानसिक स्वास्थ्यलाई जनाउँछ र संसारभर मृत्युको प्रमुख कारणमध्ये यो एक हो। नेपालमा सन् २०१९ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले उनीहरूमा आत्महत्याको सोच भएको बताएका थिए। सन् २०२० मा प्रत्येक दिन हामीले नेपालमा आत्महत्या घटनामा १९ व्यक्ति गुमायौं। आत्महत्याको कारण हुने मृत्युदर एचआईभी, मलेरिया, स्तन क्यान्सर वा युद्ध तथा आपराधिक हत्याबाट हुने मृत्युभन्दा धेरै छ।

यदि हामी आत्महत्याको बढ्दो दरको यो प्रवृत्तिलाई रोक्न र उल्ट्याउन विफल भयौं भने नेपालले दिगो विकास लक्ष्यहरू र विश्व स्वास्थ्य संगठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्ने छैन।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड-१९, भूकम्प वा बारम्बार आउने बाढीजस्ता आपत्कालीन अवस्थाहरूले पहिल्यै दबाबमा  रहेका स्वास्थ्य प्रणाली र सेवाहरूमा झनै दबाब बढाएका छन्। यस्ता आपत्कालीन अवस्थाहरूले उच्च प्राथमिकता पाउँछन् र अन्य विषयहरूलाई ओझेलमा पर्छन्। आपत्कालीन अवस्थाहरूले मानसिक स्वास्थ्यलाई झनै बिगार्ने भएकाले मानसिक स्वास्थ्यलाई आपत्कालीन अवस्थाको सन्दर्भसमेतमा प्राथमिकता दिइनुपर्छ।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ।

मानव व्यवहारसम्बन्धी वैज्ञानिक स्यान्ड्रा जे क्लार्कले प्रायः उद्धृत हुने सन् २००१ को शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरेकी छिन् : आत्महत्याबाट व्यक्ति जीवनमा एक पटक मर्दछ। तर, जो बाँकी रहन्छन्, तिनीहरू ती भयानक क्षणहरूसँगै पुनः जिउने र बुझ्ने कोसिसमा हजार मृत्यु मर्दछन्।

अध्ययनहरूका अनुसार प्रत्येक आत्महत्यामा औसतमा ६ वा सोभन्दा बढी आत्महत्याका प्रभावितहरू हुन्छन्। यिनीहरू आफूले अति माया गर्ने व्यक्ति गुमाएका र त्यसको कारणले शोकमा जिउने व्यक्तिहरू हुन्। आत्महत्या प्रभावितहरू आत्महत्याको बारेमा सोच्ने, योजना बनाउने वा आत्महत्याको प्रयास गर्ने बढ्दो जोखिममा हुन्छन्, यसले पीडा र दुःखको अविरल प्रभावलाई झनै बढाउँदै लैजान्छ।

विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथामको 'लाइभ लाइफ एप्रोच' (जीवन जिउने पद्धति) कार्यान्वयन गर्नका लागि बृहत् मार्गदर्शन जारी गरेको छ। यस पद्धतिमा चार वटा रणनीति छन्।

पहिलो, अत्यधिक खतरनाक कीटनाशक विष र बन्दुकजस्ता आत्महत्या गर्ने साधानहरूमा पहुँच सीमित गर्ने।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ।

दोस्रो, आत्महत्याको जिम्मेवार रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने।

मिडियाद्वारा आत्महत्याको जिम्मेवार रिपोर्टिङसम्बन्धी विश्व स्वास्थ्य संगठनले तयार गरेको मार्गदर्शनको नेपाली अनुवाद संस्करण हामी छिट्टै विमोचन गर्दैछौँ र यो हामी सबैका लागि खुसीको कुरा हो। मिडियाका प्रतिनिधिहरूलाई यो मार्गदर्शनसँग अभ्यस्त हुन र आत्महत्यासम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्न म आग्रह गर्दछु। त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेल्पलाइन ११६६ राख्न पनि म अनुरोध गर्दछु। के तपाईं सचेतना जगाउन र जीवन जोगाउन सहयोग गर्न सक्नुहुन्छ?

तेस्रो, किशोरकिशोरीहरूमा सामाजिक-संवेगात्मक जीवनोपयोगी सीप विकास गर्ने। 

किशोरावस्था (१० देखि १९ वर्षको उमेर) सामाजिक-संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्त्वपूर्ण उमेर हो, किनकि मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ। जीवन जिउने (लिभ लाइफ) मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने र जिस्काउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दछ। यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसको लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ।

चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका छन् वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्याङ्‍कन, व्यवस्थापन र अनुगमन हो।

आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्‍कन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण कार्यक्रम हुन्। मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढङ्‍गले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदै छन्। यो पद्धति लागतमैत्री छ र मानिसहरूको समग्र स्वास्थ्य तथा काम गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्दछ। तथापि, यो सेवालाई राष्ट्रियस्तरमै उपलब्ध गराउनको लागि सरकारले मानसिक स्वास्थ्यमा लगानीलाई धेरै गुणाले बढाउन जरुरी छ।

यी कार्यक्रमहरू नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० र किशोरावस्थाको स्वास्थ्य रणनीति २०१८ मा पनि समेटिएका छन्। तथापि, मानसिक सुस्वास्थ्यको प्रत्याभूति गर्नेगरी बहुक्षेत्रीय कार्यहरूलाई समेट्दै अघि बढ्ने एउटा बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ।

'मानसिक स्वास्थ्यको लागि विशेष अभियान' नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ।

हामीले मानसिक स्वास्थ्यलाई मानवअधिकार, सामाजिक समानता वा विकास योजना, जे जस्तो दृष्टिकोणले हेरे पनि मानसिक स्वास्थ्यमा लगानी बढाउन प्रेरित गर्ने विश्वसनीय प्रमाण उपलब्ध भइसकेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० कार्यान्वयन गर्न र नेपालका लागि आत्महत्या रोकथामसम्बन्धी बृहत् कार्यक्रम विकास गरी कार्यान्वयन गर्नका लागि स्रोतहरूको विनियोजन बढाउन म आह्वान गर्न चाहन्छु।

'मानसिक स्वास्थ्यको लागि विशेष अभियान' नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ। यस अभियानले नेपालको मानसिक स्वास्थ्य प्रणालीलाई साना परियोजनागत कार्यबाट माथि उठेर उल्लेख्य सुधारका कार्यहरूमा सहभागी हुने दीर्घकालीन अवसर प्रदान गर्दछ।

यो नेपालको लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा प्रणाली सुधार कार्यान्वयनमा सहयोग गर्ने पञ्चवर्षीय प्रतिबद्धता हो। हामी नर्वे सरकार र मातहतको आर्थिक सहायता निकाय नोराडलाई उनीहरूको महत्त्वपूर्ण र सामयिक सहयोगको लागि धन्यवाद दिन चाहन्छौँ।

महिला तथा सज्जनवृन्द, आत्महत्या कहिल्यै पनि समाधान बन्न सक्दैन। आत्महत्या कहिल्यै पनि समाधान नबनोस् भन्ने सुनिश्चित गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ।

(विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. पाण्डवले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा व्यक्त गरेको मन्तव्य)

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. राजेश संभाजीराव पाण्डव
लेखकबाट थप
समस्याको समाधान 'आत्महत्या' नबनोस्
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्