काठमाडौं- खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई सुरुका तीन वर्षसम्म लाग्ने करमा सरकारले शतप्रतिशत छुट उपलब्ध गराउने भएको छ।
तीन वर्ष पछिका थप दुई वर्षसम्म पचास प्रतिशत छुट दिने शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ।
नक्कली बील बिजक/ अन्तःशुल्क स्टिकरको प्रयोग र अन्तःशुल्क चुहावट नियन्त्रण गर्न कडाइ गरिने उनले बताए। नक्कली बील बिजक/ अन्तःशुल्क स्टिकरको प्रयोगको अनुगमन, सूक्ष्म निगरानी र वृहत् अनुसन्धानलाई गरिने सरकारी नीति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।