काठमाडौं- सरकारले शहरी विपन्न नागरिकका लागि सस्तो खानाको व्यवस्था गर्ने भएको छ।
सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराए।
शुक्रबार संसदमा आर्थिक अध्यादेश प्रस्तुत गर्ने अर्थमन्त्री शर्माले शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने बताए।
स्थानीय तहकोे सहभागितामा शहरी क्षेत्रमा व्यायामशाला सहितको बगैंचा निर्माण गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।