काठमाडौं- सरकारले आयकर, भन्सार, मूल्य अभिवृद्धि कर अन्त: शुल्क र गैरकरका लगायतको पुनरावलोकनका लागि सुझावका लागि कर प्रणाली पुनरावलोकन उच्चस्तरीय आयोग गठन गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिस्थापन विधेयक पेस गर्दै उक्त घोषणा गरेका हुन्।
अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन विधेयकलाई संशोधन गर्दै यस्तो आयोग गठन गरेको हो। प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेको अवस्थामा अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन विधेयक संसद्मा पेस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।