काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघको भनाइ छ।
बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।