धनगढी– प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
शनिबारको प्रदेशसभामा मल्लले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले नीति तथा कार्यक्रममा मार्फत आगामी दुई वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने 'हाम्रो प्रदेश साक्षर प्रदेश कार्यक्रम'लाई स्थानीय तहसम्मको समन्वय र सहकार्यमा सामुदायिक सिकाइ केन्द्र मार्फत प्रभावकारी तवरले सञ्चालन गर्ने नीति लिएको छ।
लैङ्गिक हिंसा शून्य सहनशीलता नीति अबलम्वन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
'विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन मौजुदा स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवं स्तर वृद्धि गरी 'एक गाउँ एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पताल' का लागि नीतिगत/संरचनागत प्रबन्धको थालनी गरिनेछ', नीति तथा कार्यक्रममा उल्लेख छ।
पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।