गोरखा- पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालालाई जन्मथलो गोरखा लगिएको छ। काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालबाट आज दिउँसो हेलिकप्टरबाट उनलाई गोरखास्थित जन्मघरमा लगिएको हो।
डा देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट जन्मस्थान गोरखा पालुङटार नगरपालिकाको बोहरागाउँमा पुर्याइएको हो।
उनलाई जन्मघरको पिँढीमा सम्पूर्ण उपचारको व्यवस्थासहित राखिएको छ। डा देवकोटालाई हेर्न गाउँका मानिसहरुको भीड लागेको छ।

डा देवकोटालाई बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा पुर्ख्यौली घरमा केहीबेर राखेर आजै अस्पताल फर्काइने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।