जनकपुर- नेपाली कांग्रेसका सांसदहरुले प्रदेश २ को संसद् बैठक अवरुद्ध गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।
प्रमुख प्रतिपक्ष कांग्रेसले मोदी भ्रमणका क्रममा प्रदेश सरकारले अनियमितता गरेको आरोप लगाउँदै आएको छ।
विगत एक महिनादेखिको माग सुनुवाइ नभएपछि बैठक अवरुद्ध गरेको कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले जानकारी दिए।
यसैबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्रीको भ्रमण तयारीमा भएको खर्चको वास्तविकता खोजी गरिनु स्वाभाविक भएको बताएका छन्।
प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, 'यसबारेमा प्रदेश २ को संसदमा प्रतिपक्षी दलका कांग्रेस सांसदहरुको प्रस्तुति आज भिन्न ढंगले कडा रह्यो। विषय र परिस्थिति अनुरुप हाम्रो प्रस्तुति रहनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।