काठमाडौं– संघीय संरचनासहितको नयाँ संविधान जारीपश्चात् भएको प्रतिनिधिसभाको निर्वाचनमा ३३ राजनीतिक दलले समानुपातिकतर्फ गरेको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। आयोगलाई प्राप्त अन्तिम खर्च विवरण अनुसार निर्वाचनको परिणाममा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस खर्चमा भने पहिलो भएको छ।
त्यस्तै थ्रेसहोल्ड कटाउन नसक्दा प्रत्यक्षतर्फ कुनै पनि सिट हात पार्न नसकेको पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ करोडभन्दा माथि खर्च गरको विवरण आयोगमा पेस गरेको छ। राप्रपा (प्रजातान्त्रिक) भन्दा माथि कांग्रेस, एमाले र संघीय 8वादी फोरम रहेका छन्। सबैभन्दा धेरै खर्च गर्नेमा उक्त दल चौथो स्थानमा छ।
२०७४ मंसिर १० गते र २१ गते दुई चरणमा देशभर सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा कम खर्च गर्ने राष्ट्रिय दलमा माओवादी केन्द्र देखिएको छ। उसले चुनाव खर्चलाई ३४ लाख रुपैयाँमा नै सीमित राखेको छ। उता राष्ट्रिय पार्टी भएको राजपाले पनि एक करोड भन्दा कम खर्च गरेको विवरण निर्वाचन आयोगमा पेस गरेको छ।
प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत निर्वाचन आयोगमा समानुपातिकतर्फ ४९ दल दर्ता भएका थिए। त्यसमध्ये समानुपातिकतर्फ ५ वटा दलले मात्र सांसद हुने हैसियत प्राप्त गरेका थिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय 8वादी फोरम, नेपालले मात्र थ्रेसहोल्ड पार गर्दै सांसद पद पाएका थिए।
५ राष्ट्रिय पार्टीले कुल ६ करोड ६ लाख ५० हजार ३ सय ६६ रुपैयाँ खर्च गरेका छन्। एमाले १ करोड ७७ लाख १७ हजार रुपैयाँ समानुपातिकतर्फ खर्च भएको विवरण आयोगमा पेस गरेको छ भने नेपाली कांग्रेसले २ करोड ५ लाख ८३ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको छ। यी दुई दलका बीचमा एक सिटमात्र अन्तर परेको थियो।
निर्वाचनको तेस्रो ठूलो शक्ति माओवादी केन्द्रले ३४ लाख १९ हजार ८ सय ७५, राष्ट्रिय जनता पार्टीले ६२ लाख र संघीय 8वादी फोरमले १ करोड २७ लाख ३० हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ। मधेस केन्द्रित दल राजपा र फोरमले समान सांसद संख्या प्राप्त गरेका थिए।
समानुपातिक निर्वाचनमा एमालेले ४१, नेपाली कांग्रेसले ४० , माओवादी केन्द्रले १७ तथा संघीय 8वादी फोरम र राष्ट्रिय जनता पार्टीले ६/६ सांसद पद प्राप्त गरेका थिए।
समानुपातिकतर्फ एक सिट हात नपारे पनि प्रत्यक्षतर्फ सिट प्राप्त गरेका केही दलले लाखको हिसाबमा खर्च गरेको विवरण आयोगमा बुझाएका छन्। प्रत्यक्षमा एक सांसद जितेका दलमध्ये नयाँ शक्तिले र राष्ट्रिय प्रजातन्त्र पार्टीले धेरै खर्च गरेको पाइएको छ। प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलहरुमध्ये राप्रपा (प्रजातान्त्रिक)ले धेरै खर्च गरेको निर्वाचन आयोगले जनाएको छ। उसले १ करोड १ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ।
कम खर्च विवरण पेश गर्नेमा राष्ट्रिय यर्थाथवादी पार्टी छ। उसले ६० हजार रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेस गरेको छ।
पाँच राष्ट्रिय पार्टीको खर्च विवरणः
१. नेकपा (एमाले) रु.१,७७,१७,०००।–
२. नेपाली कांग्रेस रु.२,०५,८३,४९६।–
३. नेकपा (माओवादी केन्द्र) रु.३४,१९,८७५।–
४. संघीय 8वादी फोरम रु.१,२७,३०,०००।–
५. राष्ट्रिय जनता पार्टी रु.६२,००,०००।–
प्रत्यक्षतर्फ एक सिट जित्ने दलहरुको चुनावी खर्चः
१. राप्रपा नेपाल रु.३२,९८,०००।–
२. नेपाल मजदुर किसान पार्टी रु.८,१६,९२०।–
३. नयाँ शक्ती पार्टी रु.३७,७५,०००।–
४. राष्ट्रिय जनमोर्चा रु.८२,४४३।–
५. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) रु.१,०१,४०,०००।–
६. विवेकशील साझा पार्टी रु.११,२१,३६३।–
खर्च नबुझाउनेमा १६ पार्टीहरु
समानुपातिकतर्फ चुनावी खर्च विवरण नबुझाउने दलहरुमा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा (राष्ट्रवादी)देखि पूर्व सांसद हरिचरण साहको नेपाली जनता दल, रुकमिणी चौधरीको पार्टी नेपाल जनता दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) लगायत १६ दल रहेका छन्। निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि उनीहरुले पार्टीले गरेको खर्च विवरण आयोगमा बुझाएका छैनन्।
त्यसैगरी आयोगमा आमूल परिवर्तन महिला पार्टी नेपाल, हाम्रो पार्टी, लिवरल डेमोक्रेटिक पार्टी, राष्ट्रिय 8वादी पार्टी, युवा नेपाल पार्टी, नेपाल संघीय 8वादी पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस, नेपाल युवा किसान पार्टी, नेपालवाद, नेपाल नौलो जनवादी पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, जनशक्ती नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले खर्च विवरण बुझाएका छैनन्।
एक सिटपनि प्राप्त नगरेका अन्य पार्टीका खर्च विवरणः
१. राष्ट्रिय शिवसेना पार्टी रु.४३,३०,०००।–
२. नेपाल कम्युनिष्ट पार्टी (माले 8वादी) रु.७,३५,०००।–
३. ग्रीन पार्टी नेपाल रु.२,८९,०००।–
४. चुरेभावर लोकतान्त्रिक पार्टी रु.१,७४,०५०।–
५. जनप्रजातान्त्रिक पार्टी रु.२४,८०,०००।–
६. ताम्सालिङ लोकतान्त्रिक पार्टी रु.५,५२,०००।–
७. देशभक्त जनगणतान्त्रिक मोर्चा रु.८४,५०,०००।–
८. देशभक्त 8 रु.११,५५,४५०।–
९. नेपाः राष्ट्रिय पार्टी रु.६,९८,६४०।–
१०. नेपाल जनता पार्टी रु.२९,४७,०००।–
११. नेपाल दर्शन रु.१,४५,०००।–
१२. नेपाल दलित पार्टी रु.३,२८,०००।–
१३. नेपाल समावेशी पार्टी रु.३,७५,०००।–
१४. नेपाल सुकुम्बासी पार्टी रु.३,४९,९२३।–
१५. नेपाली कांग्रेस(विपी) रु.६,०४,०००।–
१६. बहुजन शक्ती पार्टी रु.८६,०००।–
१७. मंगोल नेशनल अर्गनाइजेसन रु.६,२७,५००।–
१८. राष्ट्रिय जनमुक्ती पार्टी रु.५४,२५,७३०।–
१९. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रु.६,३१,५००।–
२०.राष्ट्रिय यर्थाथवादी पार्टी रु.६०,०००।–
२१. संघीय लिम्वुवान लोकतान्त्रिक पार्टी रु.१८,५०,०००।–
२२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रु.३,१६,०००।–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।