• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्याकाण्ड: सीआइबीबाट डीएसपीको कमाण्डमा टोली घटनास्थल प्रस्थान

64x64
नेपाल लाइभ मंगलबार, भदौ २२, २०७८  १३:३१
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

सीआइबीका निर्देशक तथा डीआइजी धिरजप्रताप सिंहका अनुसार डीएसपीको कमाण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको हो। सीआइबीको जघन्य अपराध हेर्ने पिलरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वको तीन सदस्यीय टोली मंगलबार संखुवासभा पठाइएको हो। 

‘घटना निकै गम्भीर र जघन्य प्रकृतिको देखिएपछि अनुसन्धानमा सहयोगका लागि टोली पठाएका छौं। स्थानीय प्रहरीलाई हाम्रो टोलीले सहयोग गर्नेछ’ डीआइजी सिंहले नेपाल लाइभसँग भने।

देशभरका जघन्य र ठूला प्रकृतिको अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सीआइबीले संखुवासभाको घटना बाहिरिए लगत्तै प्राविधिक पाटोबाट स्थानीय प्रहरीलाई सघाइरहेको थियो। घटनाको अहिलेसम्म निचोड ननिस्किएपछि टोलीनै घटनास्थल पठाइएको छ। 

सीआइबीको टोलीले घटनास्थल वरपर चालू अवस्थामा रहेका मोबाइलको लोकेशन केलाउनेदेखि, विभिन्न अन्य प्राविधिक पाटाको अनुसन्धान गर्नेछ। 

सोमबार बिहान पौन १० बजेतिर स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा १ वटा लास घरमा, एउटा सडकमा, २ वटा बारीको कान्लामा र २ वटा खोल्सामा भेटिएको थियो। मृत फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेज बहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया  रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। 

उक्त घटनामा ९० वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका थिए। आँखा कम देख्ने र कान पनि कम सुन्ने उनलाई घटनाबारे भने केही जानकारी नभएको पाइएको छ।

यो पनि पढ्नुहोस्

संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैनसोमबार, भदौ २१, २०७८

पानीका कारण डग स्नीफिङ प्रभावकारी भएन

nimb
nimb
Ncell 2
Ncell 2

एकै परिवारका ६ जनाको सामूहिक हत्या भएपछि अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति घटनास्थल पुगेको थियो। 

तालिम प्राप्त ट्रयाकर डग लैला र पिकु लिएर घटनास्थल पुगे पनि पानी परेका कारण डग स्नीफिङ प्रभावकारी हुन नसकेको प्रदेश १ का डीआइजी अरुणकुमार बिसीले बताए।

‘टाढा र विकट भएकाले घटनास्थल पुग्नै एक त लामो समय लाग्यो। त्यसमाथि पनि पानी परेकाले ड‍ग स्नीफिङ प्रभावकारी हुन सकेन’ डीआइजी बिसीले नेपाल लाइभसँग भने।

पानी परेकाले गन्ध पखालिने र शंकास्पद व्यक्ति पहिचान गर्न कुकुरलाई समेत गाह्रो हुनेगर्छ।अर्कोतर्फ लामो समय भएकाले हत्याराको गन्ध पनि कुकुरले पहिल्याउन गाह्रो हुनेगर्छ। 

उता प्रदेशबाट पनि इन्सपेक्टर बबिन्द्र नेम्वाङको नेतृत्वमा एक टोली हिजै घटनास्थल पुगिसकेको छ। उक्त टोलीले पनि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

 

हत्याको आशंका आर्थिक कारण!

घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान देखिएको हो। 

प्रहरी स्रोतका अनुसार हत्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैनासमेत गरेको पाइएको छ। हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा विदेशमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसासमेत पठाएको पाइएको छ। 

यो पनि पढ्नुहोस्

संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवारसोमबार, भदौ २१, २०७८

‘जग्गा किन्नका लागि भनेर उनीहरु दुबै जनाले पैसा पठाएको पाइएको। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुन्सक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यता मृतक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले नेपाल लाइभसँग भने, ‘कसैसँग दुश्मनी भएको अहिलेसम्म थाहा छैन। कसले किन हत्या गर्‍यो भन्ने रहस्यम नै छ।’

तिलकले पनि जग्गा किन्ने तयारी गरिरहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन। पैसा राखिएको दराज तोडफोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण हत्या भएको हुनसक्ने पक्ष झन् मजबुद हुने उनी बताउँछन्।

यो पनि पढ्नुहोस्

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फसोमबार, भदौ २१, २०७८

यो पनि पढ्नुहोस्

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यासोमबार, भदौ २१, २०७८

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते
सुनको मूल्य सामान्य घट्यो
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्