• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्याकाण्ड: सीआइबीबाट डीएसपीको कमाण्डमा टोली घटनास्थल प्रस्थान

64x64
नेपाल लाइभ मंगलबार, भदौ २२, २०७८  १३:३१
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

सीआइबीका निर्देशक तथा डीआइजी धिरजप्रताप सिंहका अनुसार डीएसपीको कमाण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको हो। सीआइबीको जघन्य अपराध हेर्ने पिलरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवरको नेतृत्वको तीन सदस्यीय टोली मंगलबार संखुवासभा पठाइएको हो। 

‘घटना निकै गम्भीर र जघन्य प्रकृतिको देखिएपछि अनुसन्धानमा सहयोगका लागि टोली पठाएका छौं। स्थानीय प्रहरीलाई हाम्रो टोलीले सहयोग गर्नेछ’ डीआइजी सिंहले नेपाल लाइभसँग भने।

देशभरका जघन्य र ठूला प्रकृतिको अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सीआइबीले संखुवासभाको घटना बाहिरिए लगत्तै प्राविधिक पाटोबाट स्थानीय प्रहरीलाई सघाइरहेको थियो। घटनाको अहिलेसम्म निचोड ननिस्किएपछि टोलीनै घटनास्थल पठाइएको छ। 

सीआइबीको टोलीले घटनास्थल वरपर चालू अवस्थामा रहेका मोबाइलको लोकेशन केलाउनेदेखि, विभिन्न अन्य प्राविधिक पाटाको अनुसन्धान गर्नेछ। 

सोमबार बिहान पौन १० बजेतिर स्थानीय लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा १ वटा लास घरमा, एउटा सडकमा, २ वटा बारीको कान्लामा र २ वटा खोल्सामा भेटिएको थियो। मृत फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेज बहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया  रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्। 

उक्त घटनामा ९० वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका थिए। आँखा कम देख्ने र कान पनि कम सुन्ने उनलाई घटनाबारे भने केही जानकारी नभएको पाइएको छ।

यो पनि पढ्नुहोस्

संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैनसोमबार, भदौ २१, २०७८

पानीका कारण डग स्नीफिङ प्रभावकारी भएन

Ncell 2
Ncell 2
nimb
nimb

एकै परिवारका ६ जनाको सामूहिक हत्या भएपछि अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति घटनास्थल पुगेको थियो। 

तालिम प्राप्त ट्रयाकर डग लैला र पिकु लिएर घटनास्थल पुगे पनि पानी परेका कारण डग स्नीफिङ प्रभावकारी हुन नसकेको प्रदेश १ का डीआइजी अरुणकुमार बिसीले बताए।

‘टाढा र विकट भएकाले घटनास्थल पुग्नै एक त लामो समय लाग्यो। त्यसमाथि पनि पानी परेकाले ड‍ग स्नीफिङ प्रभावकारी हुन सकेन’ डीआइजी बिसीले नेपाल लाइभसँग भने।

पानी परेकाले गन्ध पखालिने र शंकास्पद व्यक्ति पहिचान गर्न कुकुरलाई समेत गाह्रो हुनेगर्छ।अर्कोतर्फ लामो समय भएकाले हत्याराको गन्ध पनि कुकुरले पहिल्याउन गाह्रो हुनेगर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता प्रदेशबाट पनि इन्सपेक्टर बबिन्द्र नेम्वाङको नेतृत्वमा एक टोली हिजै घटनास्थल पुगिसकेको छ। उक्त टोलीले पनि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

 

हत्याको आशंका आर्थिक कारण!

घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान देखिएको हो। 

प्रहरी स्रोतका अनुसार हत्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैनासमेत गरेको पाइएको छ। हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा विदेशमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्। प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसासमेत पठाएको पाइएको छ। 

यो पनि पढ्नुहोस्

संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवारसोमबार, भदौ २१, २०७८

‘जग्गा किन्नका लागि भनेर उनीहरु दुबै जनाले पैसा पठाएको पाइएको। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुन्सक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने। 

यता मृतक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले नेपाल लाइभसँग भने, ‘कसैसँग दुश्मनी भएको अहिलेसम्म थाहा छैन। कसले किन हत्या गर्‍यो भन्ने रहस्यम नै छ।’

तिलकले पनि जग्गा किन्ने तयारी गरिरहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन। पैसा राखिएको दराज तोडफोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण हत्या भएको हुनसक्ने पक्ष झन् मजबुद हुने उनी बताउँछन्।

यो पनि पढ्नुहोस्

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फसोमबार, भदौ २१, २०७८

यो पनि पढ्नुहोस्

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यासोमबार, भदौ २१, २०७८

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्