काठमाडौं– काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य २ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो।
पक्राउ परेका महर्जन नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य हुन्। घुस लिएको २ लाख रकम समेत अख्तियारले बरामद गरेको छ।
वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र सर्जिमिन गरिदिने भन्दै दुई लाख रकम माग गरेका थिए। उक्त सूचना पाएपछि अख्तियारले उनीमाथि स्टिङ अपरेसन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।