काठमाडौं- भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरूका लागि कुशे औंसीको उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ।
यस योजनाअन्तर्गत सेलपेका ग्राहकहरूले ‘सेलपे कार्ट’बाट पाँच हजार रूपैयाँ वा सोभन्दा बढीको सामान खरिद गरेमा ५०० रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ। यो योजना यही भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म लागू हुनेछ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।