काठमाडौं– नेपाल प्रहरीले संगठनहमा आबद्ध खेलाडीलाई बिशेष कोटामा राष्ट्रसंघीय शान्ति मिसन पठाउने भएको छ। गत आइतबार बसेको नेपाल प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटि(पिसिसी)को बैठकले यस्तो निर्णय गरेको हो।
संगठनमा आबद्ध खेलाडीहरुलाई थप अवसर दिन यस्तो निर्णय गरिएको हो। जसअनुसार अबदेखि हरेक एफपियुमा मिसनमा खेलाडी पनि जानेछन्।
एफपियु मिसन छनोट निर्देशिका परिमार्जन गरी खेलाडीलाई पठाउन लागिएको हो। निर्देशिकामा उत्कृष्ट काम केही प्रहरीहरुले सिधैं मिसनका लागि छनोट गरिन्छ। त्यसबाहेक अन्यले परिक्षा दिएर उत्कृष्ट हुनुपर्छ।
उत्कृष्ट प्रहरीका लागि भनेर छुट्याइने कोटामा नेताहरुका पिएओहरुलाई समेत उत्कृष्ट बनेर दुरुपयोग पनि हुँदै आएको छ।
सुडान र हाइटीमा नेपाल प्रहरीका दुई वटा एफपियु मिसन छन्। एक वर्षको कार्यकाल हुने यस्तो एफपियुमा एकपटक करिब एक सय २० प्रहरी सहभागी हुन्छन्। मासिक करिब सवा लाख तलब हुने भएकाले एफपियु मिसनलाई प्रहरीमा आकर्षक अवसरका रुपमा लिने गरिन्छ।
एफपियु बाहेक प्रहरीमा खुला प्रतिस्पर्धाबाट भाग लिइने अनपोल मिसन पनि हुन्छ। जसको परिक्षा राष्ट्रसंघकै अधिकारीहरु नेपाल आएर लिने गर्दछन्। अनपोल मिसनको अवसर पनि नेपाल प्रहरीमा कम हुँदै गएका छन्। नेपाल प्रहरी कार्यारत पुराना देशहरुमा मिसन कटौती हुँदै गएकाले सुडान र दक्षिण सुडानमा मात्र प्रहरी अधिकारीहरु अनपोल मिसनमा जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।