काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा आइतबार ६ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार १ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला १२ सय ३० मा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।