• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुवै हात काटिएपछि पनि जसले ३ सयभन्दा बढी गीत लेखे

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०७५  ०४:०९
1140x725

काठमाडौं- माओवादी 'जनयुद्ध'को उत्कर्षकाल। श्री नयाँ गोरख गणमा कार्यरत टीका बोम्जन २८ जनाको टोलीसहित नगरकोट रिपिटर टावरको सुरक्षार्थ खटिएका थिए। नेपाली सेनाले केही सूचना पाइसकेकाले बोम्जन आफ्ना सहकर्मीसँगै हाई अलर्टमा थिए।

२०५९ मंसिर १३ गते राति ठिक ८ बजे माओवादी छापामारहरुले गोली छोडे। बिहान ४ बजेसम्म दोहोरो भिडन्त चलिइरह्यो। मानवीय क्षति त भएन तर भिडन्तमा दुवै पक्षले धेरै भौतिक क्षति बेहोर्नुपर्‍यो।

रातमा पटकपटक मृत्युको मुखमा पुगेर फर्किएको टोलीलाई बिहानीको उज्यालोले केही राहत दियो। रिपिटर टावरमा क्षति पुगेकाले अरु डफ्फासमेतको साथमा पुनर्निर्माणमा जुट्यो बोम्जनको टोली। सोही क्रममा रातभरको थकान र अनिँदोले थिलथिलो बनेका उनी एक्कासि चिप्लिए । दुवै हातले तार समाउन पुगे तर अफसोस! उक्त तार त हाइभोल्टेजको विद्युतीय तार रहेछ। 

‘चिप्लिएर झरेपछि म अचेत भएछु,' उनी सम्झिन्छन्, ‘जतिबेला मेरो होस खुल्यो, त्यतिबेला  वीरेन्द्र सैनिक अस्पतालको बेडमा देब्रे हात गुमाएर लडिरहेको थिएँ।' 

— O — 

सर्लाहीको राजघाटमा खाईखेली हुर्किएका बोम्जन विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी बन्ने गर्थे। सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी २०५६ सालमा नेपाली सेनामा भर्ना हुन पुगे। द्वन्द्वकै समयमा सेनामा प्रवेश गरेका उनका लागि ठूलो चुनौती थियो। पाइलापाइलामा मृत्युको सामना गर्नुपर्ने अवस्था थियो।

नभन्दै उनले भयानक दुर्घटना बेहोर्नुपर्‍यो। त्यसबेला उनी २४ वर्षका लक्काजवान थिए। 'आफ्नो जागिरले परिवार सहजै चलिरहेको थियो। तर दुर्घटनापछि देब्रे हात गुमाउनुपर्दा अब जिन्दगी यतिकै सकिने भयो भनेर निकै हरेस खाइसकेको थिएँ,' उनी भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

देब्रे हात त उनले गुमाइसकेका थिए। तर दाहिने हातमा पनि असर देखियो। डाक्टरहरुले औंला चलाउन लगाए, तर सकेनन्। बिस्तारै दुखाइ बढ्दै गयो। अन्तत: दाहिने हात पनि दुर्घटनाको हप्ता दिनपछि काटियो।

मुखले कलम च्यापेर लेख्दा 
हात गुमाउनुको पीडा कम हुँदै गइरहेको थियो। उनले भौतिक तर बौद्धिक रुपमा अशक्त 8का अरु व्यक्तिहरुको जीवनकथा पढ्न थाले। रेडियो कार्यक्रम ‘मेरो कथा मेरो गीत’मा आफ्ना भावनाहरु पोख्न थाले। एक साथीमार्फत आफ्नो जीवनकथा नै सार्वजनिक गरे। त्यसबाट उनले निकै सकारात्मक प्रतिक्रिया पाए। अगाडि बढ्न निकै ऊर्जा दियो।

'हात नभए पनि आत्मबल जागेर आयो,' उनी भन्छन्, 'आफूमा भएको कला र संगीतमोह पुन:जागृत गरेर संगीत साधनाका लागि मानसिक रुपमा तयार भएँ।' 

झमक घिमिरे, सुदर्शन गौतम जस्ता अपांगता भएका व्यक्तिले गरेका उदाहरणीय कार्य देखे। त्यसबाट प्रेरित भएका उनले दुवै हात नभए पनि कलम चलाउने निधो गरे। 

जब दुवै ओठले कलम च्याप्न थाल्थे तर ओठ लरखराउँथ्यो। मुख दुख्न थालेपछि सकेनन्। तर निरन्तर सात दिनसम्म प्रयास गरिरहे। ‘जुन दिन ओठको सहारामा पहिलो पटक आफ्नो नाम कापीमा स्पष्ट लेख्न सकेँ। खुसीले आँसु थाम्नै सकिन,’ यसो भन्दा अहिले पनि उनको आँखा रसाउँछ।

जीवन– श्रीमती, भगवान्– श्रीमती
नेपाली सेनामा भर्ना भएकै अर्को वर्ष ०५७ सालमा उनको बिहे भयो। राष्ट्रसेवकको अनुशासित र कडा ड्युटीसँगै परिवारिक जीवनको गाडी पनि सहजै गुडिरहेको थियो। तर दुर्भाग्यवश पौरख गर्ने हातहरु गुमे। दुर्घटनापछि उनले जीवनदेखि नै हार खाएका थिए। ‘मर्ने रहर खुब जाग्यो। हस्पिटल बसाइमा धेरै पटक आत्महत्याको प्रयास पनि गरेँ,' उनी भन्छन्, 'तर मर्न लेखेको रहेनछ। श्रीमतीकै कारण ममा जीवनप्रतिको मोह जागेर आयो।

श्रीमतीकै हेरचाह, प्यार र साहाराले उनीबाट निराशा र हरेस टाढा हुँदै गयो। 'सोचे जस्तो गाह्रो भएन। श्रीमतीले दिएका हरेक साथले मलाई जीवनबोध गरायो। मेरो भगवान् नै श्रीमती हुन्। जीवन नै उनी।’
 
एकल साँझको तयारी
छाँगाबाट झरना झर्‍यो (कर्ण दास), मार्‍यो मलाई मार्‍यो (ईश्वर अमात्य), मेरी सानु (प्रमोद खरेल) लगायतका दर्जनौं हिट गीतका सर्जक बोम्जनले मुखमा कलम च्यापेरै तीन सयभन्दा बढी गीत लेखिसकेका छन्। 

लेखनसँगै संगीत र गायनमा सक्रिय उनी आउँदो जेठ २८ गते आर्मी अफिसर्स क्लब काठमाडौंमा प्रस्तुत हुँदैछन्। उक्त एकल साँझमा संगीतका पारखीहरुलाई उनले संगीतले भिजाउनेछन्। 

२०६० सालबाट कला र सिर्जनामा अनवरत लागिपरहका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत उचालेका छन्। युनिक वर्ल्ड रेकर्डस्, एभरेस्ट आउटस्ट्यान्डिङ एचिभमेन्ट र मीराकल अवार्ड उनकै पोल्टामा परिसकेको छ।

तर आफूले संगीतमा गरेको कार्यको सही योगदान नभएकोमा भने उनको चित्त दुखेको छ। ओठमा कलम च्यापेर नेपाली सांगीतिक क्षेत्रका नयाँनयाँ गीत दिइरहेका उनी ठान्छन्— सर्जकलाई हुनुपर्ने जति सम्मान नेपालमा भइरहेको छैन।

अहिले एकल सांगीतिक साँझको तयारीमा व्यस्त छन् उनी। 'कुनै स्वार्थ र प्रतिफल प्राप्तिका लागि होइन,' उनी प्रस्ट्याउँछन्, 'संगीत क्षेत्रमा बितेका १५औं वसन्त र सिर्जना गरेका सयौं गीत पस्केर सन्तुष्टि लिन मात्रै चाहेको हुँ।'

संगीतसँगै सामाजिक र मानवीय सेवाको अर्को उद्देश्य पनि छ उनको। भन्छन्, 'एकल साँझबात प्राप्त आम्दानी मिर्गौलापीडित बिरामीहरुका लागि खर्च गर्नेछु। बाँकी 8सेवाका काम त छँदैछन्।' 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ०४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
रास्वपाको सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
पहिरोले कान्तिलोकपथ अवरुद्ध ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ। आइतबार, वैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा पत्ररकाहरुको छाता संस्था नेपाल पत्रकार महासं... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा आइतबार, वैशाख २०, २०८३
पहिरोले कान्तिलोकपथ अवरुद्ध आइतबार, वैशाख २०, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै आइतबार, वैशाख २०, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्