काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश १ को संसदलाई सम्बोधन गर्दै छन्।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्नेछन्।
सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा ओलीले धारणा राख्ने बताइएको छ।
प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन गर्ने नियमावली नभए पनि यसअघि प्रदेश ३ र ५ को संसदलाई ओलीले सम्बोधन गरिसकेका छन्। प्रदेश ३ मा गत सोमबार सम्बोधन गरेका ओलीले प्रदेश ५ मा बैसाख १६ मा सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।