काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच सरल र सहजरुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो।
महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे।
अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी व्यावसायिक लाभ लिन सक्ने छन्। देशभरका सबै जिल्ला तथा नगर एवं एसोसियटस सदस्यहरुले कम्पनीको कुनै पनि शाखाबाट यो सुविधा लिनसक्ने उनले बताए।
कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले दुई संस्थाबीच भएको समझदारीले महासंघमाआबद्ध व्यवसायीहरु लाभान्वित हुने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।