काठमाडौं– न्युरो अस्पताल बाँसबारीमा उपचाररत बरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार डा देवकोटाको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ।
आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरहरुमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ। उसले अस्पतालबाट जारी गरिने आधिकारिक जानकारी बाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न पनि आग्रह गरको छ।
अस्पताल तथा देवकोटा परिवारले डा देवकोटाको स्वास्थ्य अवस्थाको बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।