• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोरियाली भाषा परीक्षामा सहभागीको एउटै बोली– देशमा रोजगारी छैन, कोरिया नगएर कहाँ जाऊँ?

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०७५  ०२:३३
1140x725

काठमाडौं– नेपाली युवाको रोजाइमा पछिल्लो समय रोजगारीको लागि उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया पर्ने गरेको छ। रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियाली भाषा परिक्षा उत्तीर्ण गरेपछि थोरै लागतमा राम्रो कमाइ हुने देश भएकोले नै कोरिया रोजगार गन्तव्यका रुपमा धेरै नेपाली युवाको रोजाइमा पर्ने गरेको हो।

दक्षिण कोरियाले इपिएस लागू गरेका १५ देशबाट हेरक वर्ष भाषा परिक्षामार्फत कोटा निर्धारण गरेर आप्रवासी कामदार लिँदै आएको छ। यो वर्ष कोरिया सरकारले मानव संसाधन विकास (एचआरडी)मार्फत ७ हजार ३ सय कोटा नेपालका लागि छुट्याएको छ।

आजदेखि नवौँ कोरियाली भाषा परिक्षा काठमाडौं, ललितपुर र पोखराबाट सञ्चालन हुँदैछ। जेठ २६ र २७ गते दुई दिन सञ्चालन हुने परिक्षाका लागि गत चैतमा ८२ हजारभन्दा बढी युवाले आवेदन भरेको वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखा कार्यालय, काठामाडौंले जनाएको छ। परिक्षाका लागि ३ सय कर्मचारी र २ सय प्रहरी प्ररिचालन गरिएको शाखाले जानकारी दिएको छ। परिक्षा दुई सिफ्टमा गरी बिहान ८ देखि १२ र दिउँसो १ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।

इपिएस कोरियाली भाषा परिक्षा दिन काठमाडौं उपत्यका बाहिरबाट आएका परिक्षार्थीले देशमा रोजगारीको अवसर नहुदाँ बाध्यतावश दुःख गर्न अर्काको देशमा जानुपरेको बताउँछन्। नेपालमा बेरोजगार भएर यतिकै बस्नुभन्दा ६÷७ महिना कोरियन भाषा पढेर पास गरियो भने कमाई पनि हुने र विदेश पनि घुम्न पाइने भएकाले कोरियाली भाषाको परिक्षा दिन लागेको धरानबाट परिक्षामा सामेल हुन आएकी अर्पणा गुरुङले बताइन्। उनी टाइम्स इन्टरनेसनल परिक्षा केन्द्र डिल्लीबजारबाट परिक्षा दिँदै छिन्।

‘नेपालमा रोजगारी नपाएपछि कोरियाका लागि प्रयास नगेर के गर्नु त?’, उनले प्रश्न गरिन्। अर्पणाले स्नातकसम्म अध्ययन गरेको बताइन्।

यस्तै, विविएसम्मको अध्ययन गरेका झापाका दीप तामाङ पनि कोरियाली भाषा परिक्षाका लागि काठमाडौंमा नै छन्। उनको पनि अर्पणाको जस्तै बुझाइ छ। ‘आफूलाई आवश्यक मात्रामा पढियो तर त्यती दुःख गरेर पढेपनि हाल खाली बस्नुपरेको छ। त्यसकारण केही वर्ष कोरिया जाउँ भनेर परिक्षा दिन आएको हुँ।’, तामाङले भने।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान नदिँदा नेपाली युवा जोखिम मोलेर विदेश जानुपरेको धनगढीका चुणामणि ढुगांनाले बताए। आर्यआर्जन र सुखद भविष्यका लागि काम नपाएपछि कोरिया जानुको विकल्प नभएको उनको भनाइ छ।

यस्तै, राज्यले तत्काल रोजगारी दिनपनि नसक्ने र यस्तो अवस्थामा बेरोजगार भएर बस्नुभन्दा कोरियाका लागि प्रयास गरेको मैतीदेवीस्थित युनिभर्सल परिक्षा केन्द्रमा परिक्षा दिन आएका धादिङका जीवन कुइँकेलले बताए। ‘अन्य देशभन्दा मौसम, काम तथा कमाईको हिसाबले पनि कोरिया राम्रो लागेको छ। सरकारले हाम्रो बारेमा ध्यान दिन सकेकै छैन, अनि कोरिया नगएर कहाँ जाँउ त?’

उनीहरु त केवल प्रतिनिधि पात्र मात्र हुन्। अर्पणा, दीप, चुणामणिजस्ता हजारौं युवा बेरोजगारीकै कारण बाध्यतावश कोरिया पलायन हुने तयारीमा छन्। यसले एकातर्फ बेरोजगारीको समस्या केही मात्रामा समाधान त गरेको तर अर्कोतर्फ देशमा आवश्यक पर्ने श्रमशक्तिको अभाव भईरहेको श्रमविद्हरु तर्क गर्छन्। देशको समृद्धीको लक्ष लिएको सरकारको योजनामा पनि यसले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

१० वर्षमा ५६ हजार नेपाली युवा कोरिया पलायन

सरकारले अर्ध–दक्ष (सेमीस्किल्ड) कामदार विदेश पठाउने योजना नै रोजगार अनुमति प्रणाली (इपिएस) हो। नेपालले सन् २००८ देखि दक्षिण कोरियामा इपिएस अन्तर्गत अर्ध–दक्ष कामदार पठाउन सुरु गरेको हो। दक्षिण कोरिया सरकारले देशका साना तथा मझौला उद्योगमा अर्ध–दक्ष आप्रवासी कामदार कोरियाली भाषा परिक्षामार्फत लिँदै आएको छ।

नेपाल सरकार र कोरिया सरकारबीच सरकारी स्तरमा सन् २००७ जुलाईमा त्रिपक्षीय श्रम सम्झौता भएको थियो। त्यसपश्चात् वैदेशिक रोजगार विभाग र एचआरडी शाखाका बीचमा सम्झौता कार्यान्वयन भएर नेपाली युवाका लागि दक्षिण कोरिया जाने बाटो खुल्ला भएको थियो। पछिल्ला ८ परिक्षामार्फत कोरियाली भाषा परिक्षा उत्तीर्ण गरेर करिब ५६ हजार नेपाली युवा कोरिया पुगेका छन्। कोरिया पुगेका कामदारले मासिक करिब १ लाख ५० हजार रुपैयाँभन्दा बढी कमाउने गरेको बताइन्छ।

राम्रो कमाइ र सुरक्षित रोजगारी भएका कारण नेपाली युवाको आकर्षणमा कोरिया पर्ने गरेको हो।

कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रमा रोजगारी

नेपालबाट कृषि र उत्पादनमूलक गरी २ क्षेत्रमा मात्र कोरियाले कामदार लैजाने गर्दछ। उत्पादनमूलक क्षेत्रमा सामान्यतया फलाम घोट्ने, पगाल्ने, पिट्ने, रिसाइक्लिङ गर्ने, कपडा बनाउने, प्लास्टिकबाट आकार निकाल्ने, रसायनबाट सामानको प्रशोधन गर्ने, रङ भर्ने तथा विभिन्न तयारी वस्तुको प्याकिंगका साथै खानाका परिकार तयार पार्ने काम गर्नुपर्ने हुन्छ।

कृषिमा भने सिलामको पात टिप्ने, च्याउ खेती, विभिन्न तरकारी तथा फलफूल उत्पादन  तथा प्रशाेधन पर्छन्। कृषिमा गएकाले पशुपालनतर्फ गाई फार्म, सुंगुर फार्म, घोडा फार्म लगायत कुखुरापालनतर्फ समेत काम गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  ०२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा
पहिरोले कान्तिलोकपथ अवरुद्ध
रास्वपाको सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा आइतबार, वैशाख २०, २०८३
पहिरोले कान्तिलोकपथ अवरुद्ध आइतबार, वैशाख २०, २०८३
रास्वपाको सचिवालय बैठक बस्दै आइतबार, वैशाख २०, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात आइतबार, वैशाख २०, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
यस्तो छ नेकपाको राष्ट्रिय एकता महाधिवेशनको कार्यतालिका शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्