काठमाडौँ- कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ।
परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन्। बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घन्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने खनालले बताए।
काठमाडौँमा १६, ललितपुरमा ८ र पोखरामा ४ परीक्षा केन्द्र रहनेछन्। परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।