• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

किन मन दुखाउँछन् टुहुरेजस्ता संस्कृतिकर्मीहरु?

64x64
डा. अमर गिरी शनिबार, भदौ १९, २०७८  १२:४१
1140x725

जेबी टुहुरे रहनु भएन। पाँच दशकभन्दा लामो सक्रिय सांगीतिक जीवन बिताउनु भएका टुहुरेको प्रगतिशील सांस्कृतिक आन्दोलनमा बिर्सनै नसकिने योगदान छ। उहाँको योगदानलाई गीत–संगीतका क्षेत्रमा मात्र सीमित गरेर हेर्न सकिन्न। यसो गर्दा उहाँमाथि अन्याय हुन्छ। उहाँ सांस्कृतिक आन्दोलनका अगुवा पनि हुनुहुन्थ्यो। राष्ट्रिय जनसांस्कृतिक मञ्चको संस्थापकमध्ये एक उहाँ दुई पटक त्यसको अध्यक्ष बनेर आन्दोलनको नेतृत्व पनि गर्नुभयो।

जीवनको पुछारसम्मै उहाँ आन्दोलनमा सक्रिय रहनुभयो। माले, एमालेको साङ्गठनिक विस्तार र कार्यकर्ताको निर्माणमा उहाँको महत्वपूर्ण योगदान छ। हजारौँ मानिस उहाँका गीत सुनेर कम्युनिष्ट आन्दोलनसँग जोडिएका छन् र त्यसको विकासमा योगदान दिएका छन्। उहाँबाट प्रभावित र प्रेरित भएर प्रगतिशील गीत–संगीतका क्षेत्रमा लाग्ने कलाकारहरु पनि निकै छन्। गला र कलाका धनी उहाँ सांस्कृतिक आन्दोलनका एक परिपक्व नेता हुनुहुन्थ्यो।

उहाँले प्रगतिशील गीतहरु गाउन सुरु गर्दा नेपालको कम्युनिष्ट आन्दोलन विभाजित भइसकेको थियो। सुरुमा उहाँ पूर्व कोशी प्रान्तीय कमिटीसँग जोडिनुभयो। त्यसपछि माले, एमालेसँग जोडिँदै आफ्नो सांस्कृतिक यात्रालाई निरन्तरता दिनुभयो। २००१ सालमा धरानमा जन्मनुभएका टुहुरेले २०१९ सालमा रेडियो नेपालमा पहिलो गीत गाउनुभएको थियो। उहाँको दोस्रो गीत २०२४ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो। त्यसपछि उहाँको जीवनमा महत्वपूर्ण मोड आयो।

डा. अमर गिरी

उहाँ कम्युनिष्ट आन्दोलनको नजिक हुनुभयो र प्रगतिशील गीतहरु गाउन थाल्नुभयो। ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतबाट उहाँको प्रगतिशील गायनको आरम्भ भएको थियो। आफ्नो लामो साङ्गीतिक जीवनमा उहाँले सयौँ गीत गाउनुभएको छ। ‘आमा दिदी बहिनी हो’ उहाँको सर्वाधिक लोकप्रिय गीत मानिन्छ। यस गीतलाई उहाँले मञ्चहरुमा सबैभन्दा बढी गाउनुभयो।

नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन स्रष्टा एवं संस्कृतिकर्मीहरुको ठूलो योगदान छ। उनीहरुको भूमिकालाई एकातिर पन्छाएर कम्युनिष्ट आन्दोलनको चर्चा गर्न सकिन्न। गरिए, त्यो अधुरो रहन्छ। कम्युनिष्ट पार्टीहरु प्रतिबन्धित भएका बेला साहित्यिक र सांस्कृतिक कार्यक्रमहरु जनताका माझमा पुग्ने प्रमुख माध्यम थिए। यस्ता कार्यक्रमहरुले जनतामा जागरण ल्याउन र उनीहरुलाई सङ्गठित गर्न योगदान दिन्थे। त्यस बखत सांस्कृतिक कार्यक्रमहरुका माध्यमबाट संस्कृतिकर्मीहरुले दिएको योगदान निकै महत्वपूर्ण छ। 

२०४६ सालपछि सांस्कृतिक संगठनका गतिविधिहरु विस्तारित भए। आन्दोलन अझ बलियो बन्यो। जेबी टुहुरेले परिवर्तित सन्दर्भमा सांकृतिक आन्दोलनका माध्यमबाट आफू सम्बद्ध पार्टी आन्दोलनलाई बलियो बनाउन र सांस्कृतिक रुपान्तरणलाई अघि बढाउन गहकिलो योगदान गर्नुभयो। राजनीतिक परिवर्तनपछि पार्टीहरुका चुनावी अभियानलाई प्रभावकारी बनाउन र जनमतलाई आफ्नो पक्षमा प्रभावित गर्न कलाकारहरुले धेरै ठूलो भूमिका निर्वाह गरेका छन्। भाषणको भन्दा गीत–संगीतको प्रभाव धेरै पर्छ। सर्वसाधारणले भाषणभन्दा गीत–संगीत सुन्न बढी रुचाउँछन्। टुहुरे लगायत संस्कृतिकर्मीहरुले यसका निम्ति प्रशस्त समय र श्रम खर्चनुभयो। टुहुरे अन्तिमसम्म पार्टी आन्दोलनमा सक्रिय रहनुभयो। आन्दोलनमा सक्रिय रहँदा उहाँले धेरै कठिनाइ खप्नुपर्‍यो। आर्थिक कठिनाइले उहाँलाई सबैभन्दा बढी पिरोल्थ्यो। 

पञ्चायतका बेलामा उहाँले दमन खप्नुभयो। तर, विचलित हुनुभएन। परिवर्तनपछि आफ्नो कठिनाइले भरिएको जीवनमा परिवर्तन आउला भन्ने आशा उहाँमा थियो, तर त्यसो हुन सकेन। उहाँले भने जस्तो अवसर पाउनुभएन। उहाँको योगदान ठूलो थियो। उहाँभन्दा पछि पार्टीमा आएका, उहाँबाटै प्रभावित र प्रेरित भएर पार्टीमा लागेकाहरु बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि विभिन्न समयमा सरकारमा गए, मन्त्री बने। मन्त्री नहुनेहरु लाभको अन्य महत्वपूर्ण पदमा पुगे। हेर्दाहेर्दै उनीहरुको जीवनमा पत्याइनसक्नुको परिवर्तन आयो। सामान्य चप्पल लगाउनेहरु गाडी चढ्ने र महलमा बस्ने भए। उनीहरुको जीवनको तस्बिर बदलियो। तर, टुहुरे उस्ताको उस्तै रहनुभयो। आर्थिक अठिनाइ कम भएन। केही सरकारी पदमा त पठाइयो तर, ती उहाँको योगदान अनुसारका थिएनन्। तीबाट उहाँको आर्थिक गर्जो पनि टर्दैनथ्यो।

आफ्नो योगदानको समुचित कदर नभएको कुराले उहाँलाई दुखी बनायो। दुखी बनाउनु स्वाभाविक पनि थियो। उहाँलाई महत्वपूर्ण ठाउँमा लैजान सकिन्थ्यो। सांसद नै बनाउन सकिन्थ्यो। यसका निम्ति योग्य पनि हुनुहुन्थ्यो। संस्कृतिकर्मीहरु सांसद बन्नुहुँदैन भन्ने थिएन। वास्तवमा साहित्यिक, सांस्कृतिक एवं प्राज्ञिक क्षेत्रलाई समुचित महत्व प्रदान गर्नुपर्छ भन्ने दृष्टिकोण नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनमा पाइन्न।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

ओ धरान! जेबी टुहुरे आउँदैनन् अब

जीवनको उत्तराद्र्धमा टुहुरे नेकपा माओवादीमा प्रवेश गर्नुभयो। त्यसबेला उहाँ ६६ वर्षको हुनुहुन्थ्यो। एमालेमा आफ्नो जीवनको उर्वर समय बिताउनुभएका एक जना प्रतिबद्ध संस्कृतिकर्मीले कपाल सेतै भइसकेकपछि आफ्नो गुँड किन छोड्नुभयो? किन नौलो गुँडमा प्रवेश गर्नुभयो? बूढो भएको बेला उहाँको मन किन भाँडियो? आदि जस्ता प्रश्नहरु उहाँले एमाले छाड्दा उठे। उत्तर पनि विभिन्न ढंगले दिइयो, तर उहाँ धेरै बोल्नुभएन। योगदानको समुचित कदर नभएको ठान्नु र आफूलाई उपेक्षित अनुभव गर्नु माओवादी प्रवेशको सम्भवतः सबैभन्दा ठूला कारण थिए। उहाँको कठिनाइले भरिएको जीवनप्रति नेतृत्वको असंवेदनशीलताले उहाँलाई त्यता पुर्‍याएको थियो। यसका पछि कुनै ठूलो वैचारिक कारण थिएन।

म २०६० सालमा एमालेको केन्द्रीय संस्कृति विभागको सचिव हुँदा उहाँ सदस्य हुनुहुन्थ्यो। राष्ट्रिय जनसांस्कृतिक मञ्चमा पनि हुनुहुन्थ्यो। पाँच वर्ष जति हामीले सँगसँगै काम गरका थियौँ। त्यति बेला उहाँसँग धेरैपटक महत्वपूर्ण छलफल भएका थिए। आफ्नो योगदानको समुचित कदर नभएको र आफ्ना समस्याप्रति गम्भीरता नदेखाइएकोमा उहाँमा असन्तुष्टि त छँदै थियो, आन्दोलनमा मौलाएका विकृति र विसंगतिबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुहुन्थ्यो। उहाँले कयौँ पटक मसँग आन्दोलनले बाटो बिराउन थालेको टिप्पणी गर्नुभएको थियो। यस सन्दर्भमा उहाँ र मेरा कुरा धेरै मिल्थे। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मसँग उहाँले संविधानसभाको सदस्य हुने चाहना व्यक्त गर्नुभएको थियो। तर, मैले सम्भव देखेको थिइनँ। उहाँको चाहना स्वाभाविक थियो। यसका निम्ति पार्टी नेतृत्व तयार हुनुपर्थ्यो।

माओवादी प्रवेश गरेपछि भने उहाँ संविधानसभाको सदस्य बन्नुभयो। माओवादीको सल्लाहकार पनि बनाइयो। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि हामी पुनः एउटै ठाउँमा भयौँ। टुटेको कडी जोडियो। बेलाबखत उहाँसँग भेटघाट र छलफल भए। भेटमा पहिले जस्तै कम्युनिष्ट एवं सांस्कृतिक आन्दोलनबारे कुरा हुन्थे। कयौँ विषयमा समान दृष्टिकोण र चिन्ता थिए।

आफूले पसिना बगाएर निर्माण गरेको पार्टी छोडेर दुखी हुनुभएका उहाँ एकता भएपछि खुसी हुनुभएको थियो। २०७६ सालमा दाङ फर्किएपछि भने उहाँसँग मेरो भेट हुन सकेन। बेलाबखत टेलिफोनमा कुराकानी हुन्थ्यो। पार्टी विभाजित भएकोमा दुखी हुनुभएको थियो। हुनै नहुने कुरा भयो भन्नुहुन्थ्यो।

टुहुरेले कम्युनिष्ट एवं सांस्कृतिक आन्दोलनका विषयमा बेलाबखत अनौपचारिक रुपमा गरेका टिप्पणीहरु निकै गम्भीर छन्। उहाँ हाम्रो माझ हुनुहुन्न, तर उहाँले गरेका टिप्पणीहरुले अहिले पनि हामीलाई भित्रदेखि स्पर्श गर्छन्। उहाँले गम्भीरतापूर्वक उठाउने एउटा विषय कम्युनिष्ट आन्दोलनले सांस्कृतिक आन्दोलनको महत्वलाई गहिराइमा बुझ्न सकेन भन्ने थियो। उहाँको यो भनाइ गलत थिएन र छैन। कम्युनष्टि पार्टीका आ–आफ्ना सांस्कृतिक संगठनहरु छन्। तिनले बेलाबखत विभिन्न कार्यक्रम गर्छन्। सक्रिय पनि छन्। तर, तिनले पार्टीबाट समुचित महत्व पाएको देखिन्न।

सांस्कृतिक आन्दोलनलाई साङ्गीतिक कार्यक्रममा सीमित गर्ने, साङ्गीतिक कार्यक्रमहरुलाई पनि दिनुपर्ने जति महत्व नदिने, बढी निर्वाचन जित्ने औजारका रुपमा हेर्ने आदि जस्ता कमजोरीहरु पार्टीमा छन्। सांस्कृतिक रुपान्तरणको कुरा त झन् कुरैमा सीमित छ। जुन गम्भीरतासहित सांस्कृतिक आन्दोलनलाई लिनुपर्ने हो, त्यसरी नलिएको साँचो हो। यस्तो कमजोरी संसदीय प्रक्रियाबाट अघि बढ्न चाहने कम्युनिष्ट पार्टीहरुमा सबैभन्दा बढी छ। 

उहाँको अर्को टिप्पणीको विषय, संस्कृतिकर्मीहरुको उचित मूल्यांकन, सम्मान र रेखदेख हुन नसकेको कुरा थियो। संस्कृतिकर्मीहरुको भूमिका मुलुकको परिवर्तनका निम्ति महत्वपूर्ण हुनेभएकाले उनीहरुको योगदानको उचित मूल्यांकन हुनुपर्छ। पार्टी आन्दोलनमा यस विषयमा कमजोरी छन्। संस्कृतिकर्मीहरुको मात्र होइन अन्य स्रष्टाहरुको योगदानको पनि समुचित मूल्यांकन गरिएको पाइन्न। बेलाखबत भाषणमा दिइने महत्व व्यवहारमा देखिँदैन। टुहुरे बेलाबेला ‘हामीलाई त गाइने मात्र ठानिन्छ’ भनेर तितो पोख्नुहुन्थ्यो। उहाँको तितो पोखाइ मार्मिक थियो। यसका पछि लामो जीवनयात्राका भोगाइहरु थिए। एकातिर आन्दोलनको समग्र तस्बिर, अर्कातिर आफ्ना भोगाइ, यी दुवैले उहाँलाई तितो टिप्पणी गर्न उत्प्रेरित गर्थे।

उहाँको अर्को टिप्पणी सत्तामा पुगेपछि कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा आएको परिवर्तनका बारेमा हुन्थ्यो। उहाँ भन्ने गर्नुहुन्थ्यो– हाम्रै साथीहरु सत्तामा छन्, तर त्यहाँ पुगेपछि बदलिँदा रहेछन्, जनता त सधैँ अन्यायमा नै पर्दा रहेछन्। उहाँको यस अभिव्यक्तिले सत्तामा पुगेका अधिकांश नेता, कार्यकर्ताको चित्रलाई हाम्रो अगाडि राख्छ। जनताको अवस्थामा खासै सुधार भएको छैन। तर, जनताका नाममा सत्तामा गएकाहरुको जीवनमा भने ठूलो परिवर्तन आएको छ।

आफूले पसिना बगाएर निर्माण गरेको पार्टी छोडेर दुखी हुनुभएका उहाँ एकता भएपछि खुसी हुनुभएको थियो। २०७६ सालमा दाङ फर्किएपछि भने उहाँसँग मेरो भेट हुन सकेन। बेलाबखत टेलिफोनमा कुराकानी हुन्थ्यो। पार्टी विभाजित भएकोमा दुखी हुनुभएको थियो। हुनै नहुने कुरा भयो भन्नुहुन्थ्यो।

देश बदल्न हिँडेकाहरुले आफ्नो लक्ष्य नै बिर्सिएपछि निर्माण हुने भनेको यस्तै स्थिति हो। मुलुकको परिवर्तनका निम्ति जीवनभर संघर्ष गरका टुहुरे जस्ता व्यक्तिका निमित्त यस्तो स्थिति अत्यन्त पीडादायी हुन्छ। त्यही पीडा उहाँको अभिव्यक्तिमा झल्कन्छ। 

उहाँ बेलाबखत ‘सत्तामा रहेका साथीहरु भेट्नका निम्ति समय नै दिन्नन्,’ भन्नुहुन्थ्यो। टुहुरे जस्ता व्यक्तिलाई सत्तामा रहेका मानिसहरुसँग भेट्न सजिलो थिएन। मेरा आफ्ना अनुभवहरु पनि त्यस्तै छन्। जुनसुकै सत्ता होस्, त्यसको माथिल्लो चोटीमा बस्नेहरुलाई भेट्न गाह्रो हुन्छ। जसबाट फाइदा हुन्छ तिनलाई सजिलै भेट दिन्छन्, जसबाट फाइदा हुँदैन उनीहरुका निम्ति भेट फलामे किल्लाजस्तो हुन्छ। टुहेरे सत्तामा पुगेका कमरेडहरुबाट हिजोको जस्तै आत्मीय व्यवहार खोज्नुहुन्थ्यो, त्यो सम्भव थिएन। सत्ताले धेरै कुरा बदलेको थियो। नैतिक मूल्य, प्रतिबद्धता, आदर्श फेरिएका थिए। सोझा, इमान्दार, स्वाभिमानी र प्रतिबद्ध टुहुरे यस्तो चित्र देखेर अत्यन्त दुखी बन्नुहुन्थ्यो।

‘जनवाद त सपनै रहेछ’ भन्ने उहाँको अभिव्यक्ति सम्झिदा मलाई अहिले पनि गहिरो पीडाको अनुभूति हुन्छ। आन्दोलनमा पलाएका ऐजेरुलाई हेरेर उहाँले यस्तो भन्नुभएको थियो। यो उहाँको निस्कर्ष थिएन, पीडाबाट निस्किएको तत्कालको प्रतिक्रिया थियो। आन्दोलनमा पलाएका विसंगति र विकृतिलाई हेरेर उहाँले मात्र होइन अरुले पनि यसो भन्छन्। कयौँलाई ‘जनवाद’, ‘समाजवाद’ जस्ता शब्दा सुन्दा पनि रिस उठ्छ। यस्तो अकारण भएको छैन।

पार्टी आन्दोलनमा पलाएका कमजोरीका कारण आज धेरैको मन दुखेको छ र कतै सपना सपना नै रहने त होइन भन्ने चिन्ता छ। यस्ता टिप्पणीहरुका अतिरिक्त पनि टुहुरे भविष्यलाई लिएर आशावादी हुनुहुन्थ्यो। आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई जोगाउन गम्भीर भएर लाग्नुपर्ने बताउनुहुन्थ्यो। उहाँले आफ्नो आदर्श अनुरुपको जीवन बाँच्नुभयो र अरुलाई पनि त्यस अनुरुप जिउन प्रेरित गर्नुभयो। इमान, आदर्श र संघर्षका त्रिवेणी टुहुरे हामी सबैका आदरका पात्र हुनुुहुन्छ। उहाँलाई सम्झनु र उहाँप्रति श्रद्धा व्यक्त गर्नुको अर्थ उहाँको योगदानलाई सम्झनु त हुँदै हो, आन्दोलनमा पलाएका कमजोरीहरुका विरुद्ध उभिनु पनि हो।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. अमर गिरी
लेखकबाट थप
आकाश, आमा र रहस्य
कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार
हे राम!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत शनिबार, साउन ३०, २०८३
देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : विमलेन्द्र निधि (राजनीतिक प्रस्तावसहित) शनिबार, साउन ३०, २०८३
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा शनिबार, साउन ३०, २०८३
मोदीले लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै भने : १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिरिए शनिबार, साउन ३०, २०८३
‘सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति हो’ : मुख्यसचिव कार्की शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको रोष : ‘अनुसन्धानमा रहेका मुद्दामा सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिड्ने हैन’ शुक्रबार, साउन २९, २०८३
देउवालाई कान्छारामको आग्रह– ‘गगन थापालाई एकपटक राम्रैसँग फिल्म देखाइदिनुस्’ शुक्रबार, साउन २९, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्