• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार

64x64
डा. अमर गिरी शनिबार, पुस १०, २०७८  ०७:०१
1140x725

ऊ मरेको धेरै वर्ष भयो। यति वर्ष भयो भनेर ठ्याक्कै भन्न सक्तिनँ। ऊ मर्दा म गाउँमा थिइनँ। सहरिया भइसकेको थिएँ। गाउँ छोडेको केही वर्ष भइसकेको थियो। दुईचार दिनपछि मात्र उसको मृत्युबारे थाहा पाएको थिएँ। ऊसँगका अनेकौं स्मृतिहरु सजीव भएर आएका थिए।

ऊ मेरो नातेदार थिएन। साथीभाइ, गुरु केही थिएन। तर, उसको मृत्युले मलाई भावुक बनाएको थियो। उसका बारेमा धेरैबेर गमेको थिएँ। आज पनि बेलाबखत उसको सम्झना हुन्छ। ऊसँग गाँसिएका अनेकौं स्मृतिहरु आउँछन् र गम्भीर एवं संवेदनशील बनाउँछन्। 

जीवनको यात्रामा प्रभावित गर्नेगरी अनेकौं पात्रहरु आउँछन्। साना–ठूला, धनी–गरिब, महिला–पुरुष,राम्रा–नराम्रा जस्ता पनि हुन सक्छन् त्यस्ता पात्रहरु। ऊ मेरा निम्ति त्यस्तै पात्रहरुमध्येको एउटा थियो। पाठशाला थियो ऊ मेरा निम्ति। ऊबाट धेरै कुरा सिकेकोे छु मैले। जीवनको कठिन यात्रामा बलिया सम्बल बनेका छन् ती मेरा निम्ति।

म उसलाई मामा भनेर बोलाउँथेँ। नाउँ बुटनेवा थियो। बुटन्नेबाट आएकोले उसको नाम बुटनेवा राखिएको थियो। कुनै ठाउँबाट बसाइ सरेर आएपछि त्यस ठाउँको नामबाट बोलाउने चलन अहिले पनि छ। गाउँमा अरु पनि यस्ता नाम भएका थारुहरू थिए– झिङ्नेवा, बन्जाडे, साहिपुरे आदि आदि। यस्ता नाम आज पनि मलाई प्रिय लाग्छन्।

बुटनेवा कमैया थियो मामाको घरमा। उसको सम्पूर्ण जीवन त्यहीं बित्यो। ऊसँग केही थिएन, सर्वहारा थियो। सर्वहारासँग श्रमबाहेक के हुन्छ र? त्यही श्रम उसको जिउने आधार थियो। यसकै बलमा परिवार धानेको थियो। उसको परिवारका सदस्यहरु पनि उसले काम गर्ने घरमै काम गर्थे। 

मैले थाहा पाउने बेलादेखि नै ऊ मामाका घरमा कमैया थियो। मालिकको जग्गामा उसको बुकुरो थियो। ‘जिउ धन सरकारी’ भने झैं उसको सम्पूर्ण जिउ धन मालिकको थियो। सबै कमैयाहरूको स्थिति यस्तै हुन्थ्यो। दासप्रथाको अन्त्य धेरै पहिले भएको थियो, तर कमैया प्रथा दास प्रथाकै अर्काे रुप थियो।  सबै दृष्टिले दासजस्तै थिए उनीहरु। न उनीहरूसँग आफ्नो भन्ने केही हुन्थ्यो, न त आफूखुशी केही गर्नै सक्थे।

प्रत्येक माघमा उनीहरु कहाँ कमैया बस्ने, कहाँ नबस्ने भनेर निर्णय गर्न सक्थे। तर, यो अधिकार बढी देखावटी थियो। उनीहरु स्वतन्त्र ढंगले निर्णय गर्न सक्तैनथे। त्यसरी निर्णय गर्नसक्ने उनीहरुको स्थिति नै हुन्नथ्यो। कमैया बसेको घरमा बस्दाबस्दै ऋण लाग्थ्यो। ऋण तिर्न सक्ने स्थिति हुन्नथ्यो। ऋण तिरेर अर्काे कुनै मालिकले लगे मात्र नयाँ ठाउँमा जान सक्थे। यसले दासहरूको किनबेचको पुरानो इतिहासलाई सम्झाउँथ्यो। प्रायः कमैयाहरू ‘जहाँ गए पनि यस्तै त हो नि’ भनेर घर फेर्न मान्दैनथे। सबैभन्दा बढी उनीहरुलाई ऋणले अप्ठ्यारोमा पार्थ्यो।

बुटनेवाको स्थिति पनि यही थियो। ऊ कहीं गएन। ऊ भन्थ्यो, ‘जहाँ गए पनि त यस्तै हो भान्जा।’ 

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्र आएपछि कमैया प्रथाको अन्त्य त गरियो, तर व्यवहारमा अहिले पनि जीवित छ। कमैया नभने पनि कमैयाजस्तै बनेर काम गर्ने हजारौं मानिसहरू छन् यस मुलुकमा।    

कमैया बस्दा बुटनेवा जवान थियो। हृष्टपुष्ट र बलियो थियो। इमान्दारिता र जाँगर उसका सम्पत्ति थिए। सोझो पनि थियो। अह्राएको काम खुरुखुरु गथ्र्याे। मिजासिलो र फरासिलो थियो। यिनै गुणहरूका कारण मामाले उसलाई आफूकहाँ ल्याएको हुनुपर्छ भन्ने लाग्थ्यो।

पछिसम्म पनि ऊ राम्रोसँग नेपाली बोल्न जान्दैनथ्यो। थारु लवजमा उसले बोल्ने नेपालीमा म छुट्टै मिठास पाउँथें। ऊ नेपालीमा कुरा गर्न खोज्थ्यो, म थारु भाषा बोल्न खोज्थें। मलाई उसको भाषा सिक्नु थियो। मेरो गाउँमा थारुहरूको ठूलै बस्ती थियो, अहिले पनि छ। मेरा थारु सहपाठीहरू थिए। उनीहरुको संगतले मलाई थारु भाषा सिक्न प्रेरित गर्‍यो। 

सहरिया बनेपछि उनीहरूसँग टाढा भइयो। सधैँ हुने भेटघाट र संवाद कहिलेकाहीँमा खुम्चियो। पछि पछि त त्यो पनि दुर्लभ बन्दै गयो। मैले थारु भाषा बिर्सँदै जान थालेँ। आज म यो भाषा बोल्न सक्तिन। सुन्ने र बुझ्नेमा मात्र सीमित छु। भाषा प्रयोगमा जीवित रहन्छ भन्छन् भाषाशास्त्रीहरू। प्रयोग नभएकै कारण जानेको भाषा पनि आज बिर्सिएको छु मैले।

मलाई देखेपछि ऊ टाढैबाट मुस्कुराउँथ्यो र ‘भान्जा’ भनेर बोलाउँथ्यो। मामाको समकालीन थियो। धेरै फरक थिएन मामा र उसको उमेरमा, केही वर्ष मात्र कान्छो हुँदो हो ऊ। उसको र मेरो सम्बन्ध समयक्रममा अझ गहिरो हुँदै गयो। मैले उसलाई झन् झन् मन पराउन थालें। ऊ मेरो कोही थिएन, मामाघरमा काम गर्न बसेको कमैया थियो। तर, ऊ मलाई आफ्नै मामा जस्तो लाग्थ्यो। कहिलेकाहीं त मामाभन्दा पनि प्यारो। उसप्रतिको मेरो प्रेमलाई देखेर बेलाबखत आमा पनि छक्क पर्नुहुन्थ्यो।

ऊसँगको मेरो स्नेहपूर्ण सम्बन्धको एउटा महत्वपूर्ण कारण उसको मायालु व्यवहार थियो। यसले मेरो बालमनलाई गहिरोगरी प्रभावित गर्‍यो। बालकहरू मायालु व्यवहार खोज्छन्। आफूसँग कुरा गरोस्, आफ्ना भावनाहरूलाई बुझिदेओस् भन्ने चाहन्छन्। ऊ मसँग कुरा गर्थ्यो र मेरा भावनाहरूलाई बुझ्ने प्रयास गर्थ्यो। बेलाबखत ऊ मलाई काँधमा राखेर डुलाउँथ्यो। 

मामा र मेरो बीचमा सधैँ एउटा दूरी रह्यो। केटाकेटीसँग खेल्ने, रमाउने उहाँको बानी थिएन। उहाँ गम्भीर र निरस हुनुहुन्थ्यो। मसँग मात्र होइन सबैसँग त्यस्तै। उहाँ कतैबाट आउनु भयो भने खेल्दै गरेका हामी शान्त हुन्थ्यौं। हाउगुजी आएजस्तो लाग्थ्यो हामीलाई ।

बुटनेवासँग यस्तो केही थिएन। ऊसँग कुरा गर्न सकिन्थ्यो। जिस्क्याउँदा र गाली गर्दा पनि ऊ रिसाउन्नथ्यो, बरु हाँस्थ्यो र कक्कड खान थाल्थ्यो। कक्कडको धुवाँले छोपिएको उसको अनुहार अझ गजब लाग्थ्यो। ऊसँगको निकटताले मैले पनि कक्कड खान सिकें। कक्कड, सिगरेट, बिंडीको लतबाट मुक्त हुन मलाई कम्ती गाह्रो भएन। सूर्तिको अम्मलबाट मुक्त भएको त एक दशकभन्दा धेरै भएको छैन।

कमैयाको जिन्दगी सजिलो हुन्न। बुटनेवासँग भनेर नसकिने दुःख थिए। गरिबी र त्यसबाट जन्मिने पीडाबाट भरिएको उसको जिन्दगी उसलाई कस्तो लाग्दो हो, सोचेर बरु म आत्तिन्थें, निसासिन्थें र दुख्थें। तर, ऊ धेरै निरास भएको र आत्तिएको मैले कहिलै देखिनँ। सहनशीलताको प्रतिमूर्ति लाग्थ्यो ऊ। यति धेरै दुःखलाई कसरी सहन सकेको होला भन्ने ठान्थें। दुखमा पनि हाँस्ने र काममा लाग्ने उसको बानीबाट म गहिरो गरी प्रभावित थिएँ। यो मेरो जीवन यात्रामा उर्जाको स्रोतको रुपमा रहेको छ। 

उसको सहनशीलता बेलाबखत आक्रोशमा पनि बदलिन्थ्यो। ऊ आफूमाथिको अपमानको प्रतिवाद गथ्र्याे। काममा, व्यवहारमा इमान्दार थियो, तर आफूमाथिको अन्यायले सीमा नाघेपछि बारुदझैं बिष्फोट हुन्थ्यो। कैयौं पटक ऊ मामासँग निकै रिसाएको र पिट्न जाइलागेको मैले देखेको थिएँ। यो प्रतिवाद उसको विस्तारित चेतनाको नभइ सहज आक्रोशको परिणाम थियो। साधारण मानिसमा प्रायः यस्तै आक्रोश देखिन्छ।

हो चि मिन्हको एउटा कथन छ, ‘विशिष्ट होइन सामान्य मानिसहरुलाई हेर, तिनको जिन्दगी, तिनका सुख–दुःखलाई छाम। जीवनको बाटोमा यसले स्वमूल्यांकन र अघिल्तिरको यात्राका निम्ति असीम उर्जा र उत्प्रेरणा प्रदान गर्दछ।’ हो चि मिन्हको यो भनाइ मलाई निकै मार्मिक लाग्छ। हामी धेरैजसो माथि नै हेर्छौं, हाम्रा स्वप्नका उत्प्रेरक, हाम्रा दौडाइका उर्जा र सफलताका परिभाषा त्यहींबाट बन्छन्। फलतः हामी धर्तीबाट कट्छौं, जीवनबाट कट्छौं र एक किसिमको आत्मिक कारागारको कैदी बन्छौं। साधारण मानिस, तिनका जीवन, आँसु–हाँसो, सुख–दुःख, श्रम र संघर्ष हाम्रा निम्ति औधि महत्वपूर्ण छन्। बुटनेवा यसैले महत्वपूर्ण बन्यो मेरा निम्ति। 

एक पटक लेखक भोगिराज चाम्लिङ्ले सोध्नुभयो, ‘तपाइँले बुटनेवा कविता कसरी लेख्नुभयो? यो यथार्थ पात्र हो कि काल्पनिक?’

मैले भनें– ‘यो मेरो जीवनलाई सबैभन्दा बढी प्रभावित गर्ने यथार्थ पात्रहरूमध्ये एउटा हो। यसबाट मैले दुःखका बीच बाँच्ने दर्शन सिकेको छु, असीम कष्टका बीचमा पनि गतिशील भइरहने पाठ पढेको छु। जीवनको पीडा के हो? यथार्थ र स्वप्नहरूबीचको संघर्ष के हो? समग्रमा जीवन र जीवनको गरिमा के हो भन्ने बुझेको छु।’

दुःखका बेला म ऊसँग कक्कड खाँदै जब पीडाको कुरा गर्थें, ऊ भन्थ्यो,  ‘भान्जा हामीलाई हेर न।’

के यो उसको जीवन–दर्शन थिएन? यस भनाइमा गहिरो मार्मिकता र सत्य अन्तरनिहीत छ।  आखिर के हो जीवन? यस्तै सत्यको बोध त हो नि! मार्क्स, गान्धी, बुद्ध, मण्डेला, आइन्स्टाइन आदिबाट मात्र सिक्न सकिन्न। मामुली मानिसहरुबाट पनि सिक्न सकिन्छ, कहिलेकाहीं त असाधारण मानिसहरुबाट भन्दा धेरै।

मैले बुटनेवाबाट असाधारण मानिसहरूबाट भन्दा धेरै सिकेको छु र त्यसलाई हृदय र मस्तिष्कमा सजाएर राखेको छु। जीवनको यात्रामा यसलाई जहाँ–जहाँ खोल्नुपर्ने हो खोल्छु र अत्यास नमानीकन हिंड्न प्रयत्न गर्छु। आखिर जीवनको बाटो सजिलो छैन। सिसिफसको कथा पटक पटक दोहोरिन्छ जीवनमा। 

शरद ऋतुको साँझमा एकपटक बुटनेवाले भनेथ्यो, ‘भान्जा! पढेर मात्र के गर्छौ? असल मानिस बने है!’

चन्द्रमाको प्रकाशमा कक्कडको धुवाँले पातलो पातलो गरी छोपिएको उसको अनुहारमा उदासीका रेखाहरु अझ बढी प्रष्ट देखिएका थिए। बुटनेवा भीषण कष्टका बीचमा पनि प्रायः मुस्कुराइरहने साधारण, तर असाधारण मानिस थियो। उसको आफ्नै जीवनको अनुभूतिबाट जन्मिएको दर्शन छ यसमा। कष्टका बीचमा पनि मुस्कुराउन सक्नुमा नै त जीवनको सौन्दर्य निहीत छ। हैन भने त जीवन झन् झन् कष्टकर बन्छ। गरिखाने श्रमिक बुटनेवाको जीवनबाट धेरैथोक सिकें मैले र त कवितामा त्यो हृदयबाटै पोखियो–

खुलेर हाँस्न
रुन मन लागेका बेला
साथीभाइका माझ
वा कतै एकान्तमा रुन
तिमीबाटै सिकें मैले
आफैलाई छल्नुको
जीवनमा कुनै अर्थ छैन।

मनभरि विषवृक्ष पालेर
अनुहारमा अमृतको घैला रच्नुहुँदैन
जुनी एकबारको हो
फेरि फेरि आउँदैन
तिमीबाट सिकें मैले
जीवनमा पाखण्डको
कुनै अर्थ छैन।

मेरो बुटनेवा
थाहा थिएन कुनै बेला
एउटा सामान्य मजदुरबाट
सिक्न सकिन्छ यति धेरै कुरा!

बुटनेवाको स्मृति मेरा निम्ति सुखद र दुखद दुवै छ। दुखद यस मानेमा, आज ऊ मेरा सामु छैन। भए भन्थ्यो, ‘भान्जा! तिमी पनि बूढो हुन थाल्यौ। काँधमा राखेर तिमीलाई मैले यिनै गल्ली, बारी र खेतहरुमा डुलाएको हुँ। तिमीले मेरो शरीरमा कति पटक तुरी ग¥यौ भनेर साध्ये छैन।’ उसको कुरा सुनेर म हाँस्थें र हाँसेको मलाई हेरेर ऊ दङ्ग पर्थ्यो।

सुखद यस मानेमा उसको स्मृतिले मलाई उर्जा दिइरहनेछ। जीवनका हरेक कुइनेटाहरूमा ऊ मसँगै हुनेछ। गाह्रो भएको बेला भन्नेछु– ‘मामा मलाई शक्ति देऊ। म पनि त यस दुनियाँको तिमीभन्दा अलि फरक, तर साधारण मजदुर नै त हुँ नि!’

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. अमर गिरी
लेखकबाट थप
आकाश, आमा र रहस्य
कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार
हे राम!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्