• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

आकाश, आमा र रहस्य

64x64
डा. अमर गिरी शनिबार, पुस २४, २०७८  ०७:००
1140x725

अग्लाअग्ला पहाडहरूलाई हेरेर म सोच्थें– यी पहाडहरूको टाकुरामा पुग्न सके आकाशलाई सजिलै छुन सकिन्थ्यो होला। यसप्रकारको सोचाइले मलाई रोमान्चित बनाउँथ्यो। पहाडले भन्दा बढी मलाई आकर्षित गथ्र्यो आकाशले। आकाश मलाई उचाइको सबैभन्दा अग्लो मानक लाग्थ्यो।

कयौं पटक मैले मेरी आमासँग पहाडको टाकुरामा पुगेपछि आकाशलाई छुन सकिन्छ कि सकिन्न भनी गरेका प्रश्नहरू अहले पनि मेरो स्मृतिमा सुरक्षित छन्। आमाको उत्तरले म आश्वस्त हुन्थें पनि, हुन्नथें पनि। एक विचित्रको संशय मभित्र बाँचिरहन्थ्यो। 

आमा मेरा निम्ति सबैथोक हुनुहुन्थ्यो। उहाँले सबै कुरा जान्नुहुन्छ भन्ने लाग्थ्यो। तर पनि, उहाँले दिने कैयौं उत्तरहरूबाट म सन्तुष्ट हुन्नथें। झन् पछि झन् जिज्ञासा बढ्दै जान्थ्यो। आमा भन्नुहुन्थ्यो, ‘पहाडको टाकुरामा पुगेपछि आकाश छुन सकिन्छ। तिमी त्यहाँ एक दिन पुग्ने छौ र आकाशलाई छुने छौ।’

आमाका कुराले म चमत्कृत हुन्थें, तर अविश्वास पनि जीवित नै रहन्थ्यो। जे होस, आकाशप्रति मेरो आकर्षणको आरम्भ बाल्यकालमै भएको थियो। यो आकर्षण आज पनि छँदैछ। आकाशले मलाई अहिले पनि लोभ्याउँछ, चमत्कृत गर्छ र मभित्र असंख्य प्रश्नहरू जन्मन्छन्। प्रश्नहरूको उत्तरका निम्ति घोरिन्छु, पुस्तकका पानाहरूमा पोखिन्छु र सम्वादमा सक्रिय रहन्छु।

दर्शनप्रतिको मेरो रुचि निर्माणमा आकाशको महत्वपूर्ण भूमिका छ। आकाशले नै मलाई दर्शनतिर डोर्‍यायो। दर्शनमा नपसी आकाशलाई बुझ्न सकिन्न जस्तो लाग्न थाल्यो। विभिन्न कुराले जीवनमा उत्प्रेरकको भूमिका निर्वाह गर्छन्। मानिस उत्प्रेरित हुन्छ र अघिल्तिर प्रस्थान गर्न कोसिस गर्छ। आकाश उत्प्रेरक रहेको छ मेरा निम्ति।

दर्शनप्रति मेरो रुचिको निर्माण यस विषयको पण्डित बन्ने रहरबाट भएको थिएन। जीवन र जगतलाई बुझ्ने स्वाभाविक चाहनाहरूको परिणाम थियो यो। आकाशले यसमा उत्तोलकको काम गर्‍यो। आकाश विराट शून्यभन्दा केही होइन, तर बालमनले यसलाई शून्य ठान्दिनँ। हामी आकाशमै करोडौं ताराहरू चम्किरहेको देख्छौं, जून मुस्कुराइरहेको र सूर्य आफ्नै लयमा हिँडिरहेको पाउँछौं। आकाशमा कावा खाँदै उडिरहेका पंक्षीहरूले हामीलाई आश्चर्यचकित पार्छन्। हाम्रो मनमा आकाशको एक अनौठो र रहस्यमय विम्ब बन्न शुरु गर्छ। बालमनमा पर्ने यसको प्रभाव त अझ विलक्षण हुन्छ।

आकाशप्रतिको आकर्षणकै कारण बाल्यकालमा मैले सपनामा आकाशलाई पटक पटक देख्थें। पंक्षी झै आकाशमा उडिरहेको हुन्थें। मैले कयौं पटक सपनामा चन्द्रमालाई छोएको थिएँ, ताराहरूसँग खेलेको थिएँ र सूर्यको नजिक पुगेर फर्किएको थिएँ। ब्यूँझिएपछि आफैँलाई अनौठो लाग्थ्यो। आमालाई बेलिविस्तार लगाउँथें र प्रश्नहरू गर्थें। आमाबाट खास उत्तर आउँदैनथ्यो। कहिलेकाहीं भन्नुहुन्थ्यो, ‘तिमी ठूलो हुँदैछौ, यस्तो बेला आकाशमा उडेको सपना देखिन्छ।’

म ‘हो र!’ भन्दै चुप लाग्थें।

Ncell 2
Ncell 2
nimb
nimb

चन्द्रमालाई किन छोइन्छ र ताराहरूसँग किन खेलिन्छको उत्तर पाउँदिनथें। बाल्यकालमा आकाशले लगाएको मोहनीको परिणाम थियो यो। मोहोनी लाग्यो भने यस्तै हुन्छ। 

मनोविज्ञानको भाषामा भनुँ भने यो मेरो मनको एकखास दशा थियो। यस्तो दशा कसैप्रतिको आकर्षणबाट निर्माण हुन्छ। यस आकर्षणको मूलमा हाम्रो मन, हाम्रो संवेदनात्मक जगत रहन्छ। आकाशलाई लिएर जुन रहस्यात्मक भावनाको विकास ममा भएको थियो, त्यो भने समयक्रममा मबाट क्रमशः हराउँदै गयो। तर, पूरै शून्यमा भने झरेन। आज पनि मलाई बेलाबखत यस्तो अनभूति हुन्छ। 

विज्ञानले आकाशबारे भनेको कुरासँग मेरो विमति छैन। म पनि त्यही भन्छु। तर, जब म आकाशलाई नियाल्छु, यसको अनन्त शून्यबारे विचार गर्न थाल्छु– मलाई एक भिन्नै प्रकारको अनुभूति हुन्छ।

मलाई रहस्यहरू सबै एकैपटक र सजिलै आनावृत हुन्छन् भन्ने लाग्दैन। यो ब्रम्हाण्ड, यो पृथ्वी रहस्यहरूले भरिएको छ। जीवनका कयौं गाँठाहरू नखोली जीवन सकिन्छ। रहस्यका असंख्य परतहरू विभिन्न कालखण्डमा आनावृत्त हुँदै आएका छन्, तर पनि रहस्यहरू सबै आनावृत भएका छैनन्। रहस्यका ढोकाहरू जति खुल्दै जान्छन्, त्यत्तिकै खोल्नुपर्ने ढोकाहरू थपिदै पनि जान्छन्। इतिहासले यही सत्यलाई पुष्टि गर्छ। भोलि हुने पनि यही हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रहस्य थाहा नपाउनुको, नजान्नुको अर्काे नाम हो। थाहा नपाउँदासम्म सामान्य कुरा पनि रहस्यपूर्ण लाग्छन् हामीलाई। जब हाम्रो ज्ञान एउटा सीमामा गएर रोकिन्छ, रहस्यको निर्माण पनि हुन शुरु गर्छ। रहस्य ज्ञानको सीमाबाट जन्मिएको अनुभूति र गरिएको बोध हो। हिजो रहस्यमय लागेका कयौं कुरा आज रहस्यमय लाग्दैनन्। तिनबाट रहस्यका पर्दाहरू उघ्रिएका छन्। हाम्रो ज्ञानले तिनलाई  छिचोलेको छ। तर, आज पनि हाम्रो बोधभन्दा परका विषय निकै छन्। यो थाहा पाउनु र नपाउनुको पछिसम्मै चलिरहने श्रृंखला हो। थाहा पाउनुपर्ने विषयहरूको अन्त्य हुँदैन। एकपछि अर्काे विषयहरू आइरहन्छन् र तीबाट रहस्यको पर्दा उघार्ने काम पनि चलिरहन्छ।

जीवन र जगतलाई पूर्णतः रहस्यमय ठान्ने र जान्न सकिन्न भन्ने चिन्तन पनि छ। रहस्यवाद भन्छौं हामी यसलाई। यो दर्शनको एक यस्तो धारा हो, जसले जीवन र जगतलाई पूरै अज्ञेय बनाइदिन्छ। मेरा विचार र अनुभूतिको यससँग कुनै सम्बन्ध छैन। मेरा निम्ति रहस्य ज्ञानको सीमाबाट जन्मिएको अवस्थाभन्दा अरु केही होइन। रहस्यवाद यसो भन्दैन। उसलाई जीवन र जगत एक पहेली लाग्छ। रहस्यवादीहरूका चिन्तन र अनुभूतिले यी दुवैलाई झन्झन् रहस्यपूर्ण बनाउँदै लैजान्छन्। यसमै उनीहरू रमाउँछन् र सौन्दर्यानुभूति गर्छन्।

रहस्य र रहस्यवाद एउटै होइनन्। रहस्यवाद रहस्यमै हराउँछ, हराउनुमा मजा मान्छ। तर, रहस्य उद्घाटित हुँदैजान्छ। रहस्य मेरा निम्ति रहस्यवादीहरूको जस्तो कहिलै पक्रन नसकिने, जान्न नसकिने विषय होइन। रहस्यमा म पनि आनन्दको अनुभव गर्छु। तर, यो आनन्द जोडिएको छ आनावृत नभइरहेको अवस्थासँग, त्यसलाई लिएर गरिने कल्पनासँग र त्यसले उत्पन्न गर्ने एक विशेष प्रकारको मनोदशासँग।

रहस्यवादीहरूका निम्ति रहस्य उच्च आध्यात्मिक आश्रयस्थल हो। म रहस्यलाई यस रूपमा हेर्दिन। रहस्य मेरा निम्ति उत्प्रेरक हो थप जान्नका निम्ति, रहस्यलाई आनावृत गर्नका निम्ति। यसबाट प्राप्त हुने आनन्द यही प्रक्रियाबाट प्राप्त हुने आनन्द हो। यसैले म रहस्यलाई रुचाउँछु र त्यसबाट चमत्कृत पनि हुन्छु। रहस्य प्रकृतिले, जीवनले अनेकन श्रृंखलामा बुनिरहनुपर्छ भन्ने लाग्दछ। किनकि मनुष्यको सक्रियता रहस्यको अनावरणसँग पनि गाँसिएको छ। यो रहेन भने के होला? यस प्रश्नले मलाई भयभीत बनाउँछ।

आकाश शून्य हो। तर पनि यसले उत्प्रेरणा दिन्छ, एक होइन अनेकन स्तरबाट। थाकेको बेला म आकाश हेर्छु, यसले मलाई मानसिक विश्राम दिन्छ। यसको अनन्तता मेरो चिन्तनको उत्प्रेरक बन्छ। म शून्यको, अस्तित्वहीनताको विम्बको रुपमा मात्र पनि आकाशलाई हेर्न रुचाउदिनँ। 

विज्ञानले व्याख्या गर्ने आकाशबारे मेरो कुनै विमति छैन, तर म अलि भिन्नरूपमा आकाशलाई हेर्न रुचाउँछु। आकाश छ र त इन्द्रेणी लाग्छ, आकाश छ र त पंक्षीहरू कावा खाँदै माथि माथिसम्म उड्छन्, आकाश छ र त चन्द्रमा मुस्कुराउँछ, आकाश छ र त सूर्य चम्किदै आफ्नो यात्रामा लम्किन्छ। आकाशमै ताराहरू टिल्पिलाउँछन् र अनुपम सौन्दर्यको वर्षा गर्छन्। आकाश हुँदैनथ्यो भने के हुन्थ्यो? यस प्रश्नले आज पनि मलाई गंभीर बनाउँछ। 

आकाशबारे कहिलेकाहीं म आज पनि बाल्यकालमै सोचे जसरी सोच्छु र एक विचित्रको अनुभूति हुन्छ। म आफूभित्रको आकाशलाई बाहिरको आकाशसँग जोड्न चाहन्छु र जीवनका अनेकन कष्टहरूका माझबाट अघि बढिरहन चाहन्छु। आकाश मेरा निम्ति उचाइ, फैलावट र सौन्दर्यको प्रतीकका रुपमा रह्यो र रहनेछ।  

आकाशले आकाश छुने धुन ममा जन्मायो। ‘उद्देश्य के लिनु उडिछुनु चन्द्र एक’ भन्ने देवकोटाको कवितांशलाई जीवनमा धेरैपटक दोहोर्‍याएको छु र अहिले पनि दोहोर्‍याउने गर्छु। यद्यपि, आकाश छुने सन्दर्भमा आजका मेरा धारणाहरू हिजोका जस्ता छैनन्। हाम्रो समाजले अत्यन्त उपयोगितावादी दृष्टिकोणले निर्माण गरेको आकाश छुनुसँग मलाई डर लाग्छ। साच्चै भनुँ भने त्यस्तो आकाश छुनुको म कुनै खास अर्थ देख्दिन। 

मेरा निम्ति आकाश छुनुको अर्थ जीवनको रचनात्मक क्रियाशीलता हो। आकाशले आकाश छुने प्रेरणा अहिले पनि मलाई प्रदान गर्छ। म जीवनमा अझै केही गर्नु छ भन्छु र सक्रिय हुन्छु। मेरो यो सक्रियता स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यसँग जोडिएको छ। मेरा निम्ति जीवनको उचाइ वैयक्तिक स्वार्थ र फाइदाहरूका निम्ति हिंड्नु र अघि बढ्नु होइन। आकाशलाई उचाइ र फैलावटको प्रतीकको रुपमा हेर्ने मैले जीवनको सफलतालाई परिवर्तनका निम्ति चल्ने संघर्षहरूसँग जोडेर हेर्ने गरेको छु।

सानो छँदा आमाले भनेको आकाश छुने कुरा मेरा निम्ति अहिले पनि जीवन्त लाग्छ। सोझो अर्थमा आमाले भनेजस्तै पहाडका टाकुराहरू चढेर आकाश छुन संभव छैन। सोच्छु आमाको यो अभिव्यक्ति पनि लाक्षणिक नै हुनुपर्छ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. अमर गिरी
लेखकबाट थप
आकाश, आमा र रहस्य
कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार
हे राम!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्