• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

ओ धरान! जेबी टुहुरे आउँदैनन् अब

64x64
प्रकाश गुरागाईं बिहीबार, भदौ १०, २०७८  १४:४१
1140x725

‘जेबी टुहुरे गीत गाउन आउँदैछन्,’ धरानमा हल्ला चलिसकेको थियो।

टुहुरेका पुराना साथीभाइ उनलाई पर्खेर बसेका थिए। उनीसँग बिताएका पुराना दिन सम्झेर गफिनु थियो। ती यादहरु बल्झाउनु थियो। आगामी ९ असोजमा धरानमा फेरि एकपटक टुहुरेका गीत गुञ्जदै थिए।

त्यही कार्यक्रमका लागि जेबी टुहुरे कलंकीस्थित घरमा हरेक दिन रियाज गर्थे। धरानमा गीत गाउने भएपछि पुरानो साख कायम राख्नै पर्‍यो। साथीभाइको चित्त बुझाउनै पर्‍यो। यसै पनि उनका करिब २० वटा गीत रेकर्ड भएका छैनन्। ती गीत सुन्न पाउने सांस्कृतिक कार्यक्रममा मात्र हो। सुनाउनै पर्‍यो।

तर, अब उनी कहिल्यै धरान पुग्ने छैनन्।

जेबी टुहुरेको उपचारकै क्रममा बिहिबार (१० भदौमा) निधन भएको छ। गएको १ भदौ दिउँसो मष्तिस्कघात भएपछि बल्खुस्थित बयोधा अस्पतालमा उनको उपचार चलिरहेको थियो।

जेबी टुहुरेको जन्म–शहर हो, धरान। २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका थिए। उनको चर्चित गीत ‘आमा, दिदी, बहिनी हो’को सिर्जना–सन्दर्भ पनि धरानसँग जोडिएको छ। उनको राजनीति र गायनका धेरै पाटा धरानसँगै जोडिएर आउँछन्। तर, उनले जीवनको छोटो समय मात्र धरानमा बिताए।

उनको जीवन स्थिर भएन। बाबु व्यापारी थिए। व्यापारकै सिलसिलामा धरानबाट मोरङको लेटाङ हुँदै मधुमल्ला बसाइँ सरे। बाबुको सेखपछि टुहुरे पनि एकै ठाउँ बसेनन्। मधुमल्लाबाट विराटनगर हुँदै २०४७ सालमा काठमाडौँ आए। २०५९ सालदेखि त स्थायी रुपमै काठमाडौँ बस्न थाले।

उनको चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुँदछ’ उनकै जीवनसँग मेल खान्छ। २०२६ सालतिर गाएको यो गीतले नै पहिलो पटक उनलाई चिनाएको थियो। त्यति बेला उनी जुठबहादुर खड्गीबाट जेबी टुहुरे बनिसकेका थिए। २०२१ सालमा बाबु कृष्णबहादुर खड्गीको मृत्युपछि उनले आफ्नो उपनाम 'टुहुरे' राखेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

२०२६ सालअघि उनी मायाप्रेमका गीत गाउँथे। मधुमल्लास्थित घरबाट भागेर काठमाडौँ आएपछि २०१९ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराए। उनको पहिलो रेकर्डेड गीत ‘हा हा काली, हा छैन नि माली हा...’ थियो। 

गीत गाउन थालेपछि काठमाडौँ आउजाउ भइरह्यो। उनका गीतले उस्तो चर्चा पाएका थिएनन्। तर, यिनै गीतको माध्यमबाट २०२४ सालमा पारिजातसँग नजिक भए। त्यति बेला पारिजात, रामेश, रायन, मंजुल, अरिम लगायतले राल्फा आन्दोलन सुरु गरिसकेका थिए। यही सम्बन्धले उनलाई कम्युनिष्ट बनायो।

तर, कम्युनिष्ट पार्टी छिन्न–भिन्न थिए। उनले २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीको सदस्यता पाए। उनलाई दधिराम आचार्यले पार्टी सदस्यता दिएका थिए। मोरङका लब प्रधान पनि कम्युनिष्ट पार्टीमा काम गर्थे। लब प्रधानले नै लेखेर दिएको गीत ‘बसाइँ हिँड्नेको ताँतीले’ गाएपछि उनले फेरि कहिल्यै मायाप्रेमका गीत गाएनन्। 

टुहुरेलाई पहिलो पटक यही गीतबाट चिनेको राल्फाली गायक रायन बताउँछन्। ‘२०२६ सालतिर काठमाडौँ आउनुभएको थियो। जनपक्षीय गीत रेडियो नेपालमा रेकर्ड हुँदैन थियो। उहाँको गीत सुन्यौँ। हामीलाई पनि मन परेपछि निकट भइयो,’ रायन भन्छन्। टुहुरे राल्फामा नलागे पनि उनीहरुसँग नजिक थिए।

पछि राल्फामा फुट आयो। रायन नेकपा (चौथो महाधिवेशन) तिर लागेर वेदना सांस्कृतिक परिवार बनाए। जेबी टुहुरे पूर्व कोशी प्रान्तीय कमिटी हुँदै नेकपा मालेमा लागे। राल्फाकै रामेश र मंजुल पनि मालेतिर लागे। उनीहरुले जेबी टुहुरे, शम्भु राई, रामकृष्ण दुवाल लगायतसँग मिलेर संकल्प गितीयात्रा गरे। यही क्रममा ‘आमा, दिदी, बहिनी हो’ गीत जन्मिएको थियो।

संकल्प गितीयात्राले त्यति बेला अँध्यारोमा मसालको काम गरेको साहित्यकार कुन्ता शर्मा बताउँछिन्। ‘यो गितीयात्राले धेरै कम्युनिष्टहरु जन्मायो। नयाँ जनवादी गीत लोकप्रिय भएका थिए,’ शर्मा भन्छिन्, 'त्यति बेला जेबीजी पनि रामेश दाइहरुसँगै गीत गाउँदै पूर्वका गाउँ चहार्नुभएको थियो।'

२०३४ सालमा धरानमा भएको गितीयात्राकै कार्यक्रममा जेबी टुहुरेले पहिलो पटक ‘आमा, दिदी, बहिनी हो’ गाएका थिए। टुहुरेले यो गीत ‘चरी भररर’ पुस्तकमा भेटेका थिए। त्यसलाई गुल्मीका एकदेव ज्ञवालीले लेखेका थिए। तर, यो गीतले महिलालाई होच्याएको भनेर रामेशले असन्तुष्टि जनाए।

त्यसमा नारीलाई लुगा लाउन पाएपछि मक्ख पर्ने, घरमा नै बस्ने, चन्द्रमाको पूजा र प्राथना गर्ने, आफ्नो घरको चुलोचौको मात्र गर्ने रुपमा चित्रित गरिएको थियो। ‘हामी सँगै बसेर गीतका शब्द पुनर्लेखन गर्‍यौँ। अगाडिका लाइन मैले पुनर्लेखन गरेँ, पछाडिका लाइन बम देवानले थप्नुभयो, त्यही गीतले जेबी टुहुरेलाई लोकप्रिय बनायो,’ रामेश भन्छन्। 

जेबी टुहरेको पहिलो एकल सांस्कृतिक कार्यक्रम २०२७ सालमा भएको थियो। अनेरास्ववियुको आयोजनामा त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा उनको ‘वान मेन शो’ नामक कार्यक्रम भएको थियो।

टुहुरे कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेको दिनदेखि निरन्तर सक्रिय छन्। उनी मधुमल्ला बस्दा पनि तत्कालीन नेकपा मालेका नेताहरुको सम्पर्कमा थिए। पार्टीले उनको घरलाई सेल्टर समेत बनाएको थियो।

टुहुरे कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेको दिनदेखि निरन्तर सक्रिय छन्। उनी मधुमल्ला बस्दा पनि तत्कालीन नेकपा मालेका नेताहरुको सम्पर्कमा थिए। पार्टीले उनको घरलाई सेल्टर समेत बनाएको थियो। आफू उनको घरमा धेरै पटक बास बसेको तत्कालीन मालेका नेता प्रदीप नेपाल बताउँछन्। ‘उहाँको घर सेल्टरजस्तो थियो, त्यस बेला मेरो कार्यक्षेत्र इलाम थियो, इलाम जाँदा–आउँदा म त्यहाँ बास बस्थेँ,’ उनी भन्छन्।

पछि उनले विराटनगरको ट्राफिक चोकमा ‘शान्ति शितलु’ नामको लज चलाए। २०३९ सालमा स्थायी रुपमा नै विराटनगर बसाइँ सरे। २०३६ सालदेखि ०४६ सालसम्म उक्त लजका खाली कोठामा दिउसो पार्टीको बैठक बस्ने गरेको तत्कालीन माले नेता अशोक राई सम्झन्छन्। ‘उनको लज सम्पर्क कार्यालय जस्तो थियो, पार्टी कार्यकर्ताको बस्ने थलो पनि थियो,’ राई भन्छन्। २०४५ सालदेखि उनले विराटनगरकै बसपार्कमा केही समय ‘मौसमी’ लज पनि सञ्चालन गरेका थिए।

उनले कक्षा ३ सम्म मात्र पढे। आफूले खास पढ्न नपाए पनि उनले केही समय गाउँकै विद्यालयमा पढाए। पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ पनि उनका विद्यार्थी हुन्।

उनी २०४४ सालमा स्थापित जनसांस्कृतिक मञ्चको संस्थापक सदस्य हुन्। उनलाई २०४७ सालमा पार्टीमा ‘पूर्णकालीन’ काम गर्न तत्कालीन एमालेले काठमाडौँ बोलायो। त्यसपछि उनले आफ्नो व्यवसाय छाडे। उनी जनसांस्कृतिक मञ्चको दुई पटक अध्यक्ष भए। एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य र सांस्कृतिक विभाग सदस्य पनि भए। प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य समेत भए।

उनले २०६६ सालमा नेकपा (एमाले) परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरे। माओवादीले उनलाई समानुपातिकतर्फ संविधान सभा सदस्य पनि बनाएको थियो।

उनको आत्मकथा प्रकाशोन्मुख रहेको जेबी टुहुरे फाउन्डेसनका सदस्य राजेश थापा बताउँछन्। पुस्तक प्रकाशनका लागि फाउन्डेसनले अन्तिम तयारी गरिरहेको थियो। तर, त्यहीबेला मष्तिस्कघात भयो।

उनको नाममा २०७५ सालमा फाउन्डेसन स्थापना भएको थियो। फाउन्डेसन अध्यक्षसमेत रहेकी उनकी कान्छी छोरी निर्भिका टुहेरेका अनुसार फाउन्डेसनले नै ९ असोजमा धरानमा सांगितिक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा उनले केही रेकर्ड हुन बाँकी गीत पनि अवश्य गाउने थिए। तर, उनले कार्यक्रम गर्नैै पाएनन्।

फाउन्डेसन सदस्य थापाका अनुसार उनका बाँकी २० वटा गीतलाई रेकर्ड गर्ने योजना थियो। १० वटा गीत छायांकन गर्ने योजना पनि थियो। अब ती गीत उनको आवाजमा रेकर्ड नहुने भएका छन्। उनकै आवाजमा धरानले अब ती गीत कहिल्यै सुन्न पाउने छैन।

उनका करिब १५० गीत रेकर्ड भएका छन्। उनका ‘छोराहरु हो, छोरीहरु हो’, ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘किसानको मुटु छामेर हेरे’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो’ लगायत गीत पनि चर्चित छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
थानाभञ्ज्याङ बस र भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ जना घाइते शनिबार, साउन ३०, २०८३
कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत शनिबार, साउन ३०, २०८३
देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : विमलेन्द्र निधि (राजनीतिक प्रस्तावसहित) शनिबार, साउन ३०, २०८३
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा शनिबार, साउन ३०, २०८३
मोदीले लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै भने : १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिरिए शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्