काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार मंगोलिया भ्रमणमा जाने भएका छन्। अल्पविकसित भूपरिबेष्ठिक देशहरुको थिंक ट्यांकको सम्मेलनमा भाग लिन उनी जान लागेका हुन्।
भेटमा मंगोलियाका द्विपक्षिय उच्चस्तरीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगोलिया समेत हेर्ने चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल पनि सहभागी हुनेछन्।
सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानी तथा सूचना तथा प्रविधिको विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।