• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कर्णालीमा जलविद्युत : क्षमता १८ हजार मेगावाट, उत्पादन साढे ३ मेगावाट

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  १३:०४
1140x725

सुर्खेत- विद्युत विकास विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशमा करिब १८ हजार (१७,७९९) मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता छ। विद्युत उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ। तर अहिले यो प्रदेशबाट साढे ३ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ।

हाल कर्णाली प्रदेशमा केवल ३.६ मेगावाटको आयोजना सञ्चालनमा रहेको छ। यो यहाँको कुल उत्पादन क्षमताको करिब ०.०२ प्रतिशत मात्रै हो । प्रशस्त सम्भावना भएर पनि जलविद्युतमा लगानी गर्न र उत्पादन बढाउन नसक्दा कर्णाली प्रदेशको अधिकांश भूभाग अहिले पनि बिजुलीको पहुँचभन्दा धेरै टाढा छ। पहाडी जिल्लाहरुमा पनि दियालो र टुक्कीको साहारामा बाँच्नुपर्ने अवस्था रहेको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार कर्णालीका ७१ प्रतिशत नागरिक विद्युतको राष्ट्रिय प्रसारण लाइनको पहुँचभन्दा बाहिर छन्। ४० प्रतिशत नागरिक अझै पनि बिजुलीको पहुँचमा पुग्नै सकेका छैनन्।

अघि बढ्दै आयोजना
अहिलेसम्म जलविद्युत उत्पादनमा पछि परेको कर्णालीमा पछिल्लो समय केही आयोजना अघि बढ्ने क्रममा छन्। हाल करिब ४२०० मेगावाटभन्दा बढीका १० वटा आयोजना सर्वेक्षणको चरणमा रहेको धितालले जानकारी दिए। यसका लागि नेपाल सरकारको जलविद्युत उत्पादन कम्पनी र निजी क्षेत्रले आयोजना सर्वेक्षणको कार्य अगाडि बढाएका छन्। ठूला तथा जलाशययुक्त आयोजनाहरु सञ्चालनका लागि सर्वेक्षण भइरहेको जनाइएको छ।

कर्णालीको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो, माथिल्लो कर्णाली। ९ सय मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि भारतीय निर्माण कम्पनी जिएमआरले जिम्मा लिएको छ। तर पटकपटक म्याद थप गर्दा पनि निर्माणको काम भने अघि बढ्न सकेको छैन।

त्यसैगरी ४८ मेगावाट क्षमताको भेरी–बबई डाइभर्सनको काम भने तीव्र गतिमा भइरहेको छ। राष्टिय गौरवको रुपमा समेत घोषणा गरिएको यो आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ। अहिले उक्त आयोजना निर्माणको लागि सुरुङ खन्ने काम भइरहेको छ। भेरीको पानी सुरुङमार्फत सुर्खेतको मेहेलकुनाबाट बबईमा झारेर ४८ मेगावाट विद्युत निकाल्नुका साथै बाँके र बर्दियाका ६० हेक्टरभन्दा बढी भूभाग सिँचाइ गर्ने लक्ष्य यो आयोजनाको रहेको छ।

यस्तै बेतन–कर्णाली (६८८ मेगावाट), फुकोट कर्णाली (४२६ मेगावाट), तिला–१ (३०० मेगावाट), तिला–२ (२९७ मेगावाट), नलगाड (४१० मेगावाट), जगदुल्ला (३०७ मेगावाट), भेरी–१ (६१७ मेगावाट), भेरी–४ (३०० मेगावाट) पनि सर्वेक्षण र निर्माणको तयारीमा रहेका छन्। 

समृद्धिको आधार : जलविद्युत
भेरी र कर्णालीजस्ता दुई ठूला नदी भएको कर्णालीलाई समृद्धि बनाउने बहस सरकारदेखि स्थानीयस्तरसम्म चल्ने गरेको छ। प्रदेश सरकारले समेत आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा समृद्ध कर्णाली प्रदेश निर्माणको प्रमुख आधारको रुपमा जलविद्युतलाई नै समेट्ने गरेको छ। प्रचुर सम्भावना रहेको जलविद्युतमा लगानी गरेर उत्पादन गर्न सके प्रदेशको अर्थतन्त्रमा उल्लेख्य लाभ लिन सकिने सरकारको विश्वास छ।

nimb
nimb
Ncell 2
Ncell 2

मुख्यमन्त्री महेन्द्रबहादुर शाही जलविद्युत सरकारको प्राथमिकतामा परेको योजना भएको बताउँछन्। उनले यहाँको जलसम्पदालाई विद्युतमा रुपान्तरण गर्न सकेको खण्डमा अहिले गरिब प्रदेशको रुपमा रहेको कर्णाली मुलुककै सबैभन्दा धनी र समृद्ध हुने दाबीसमेत गरे।

मुख्यमन्त्री शाहीले भनेजस्तै यहाँको क्षमता अनुसारको विद्युत उत्पादन गर्न सक्ने हो भने कर्णाली प्रदेशले ठूलो आर्थिक लाभ प्राप्त गर्नेछ। विद्युत संघीय सरकारले सञ्चालन गर्ने भए पनि आयोजनास्थलको प्रदेशले प्राप्त गर्ने रोयल्टीबाट प्रदेशले लाभ लिन सक्छ।

जलविद्युत आयोजनाले उत्पादन गरेको पहिलो १५ वर्षसम्म कुल क्षमतामा प्रति किलोवाट एक सय रुपैयाँ र उत्पादनमा विद्युत बिक्री राजस्वको २५ ले हुन आउने रकम रोयल्टीको रुपमा उत्पादकले सरकारलाई बुझाउनुपर्ने ऐनमा व्यवस्था छ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का निवर्तमान अध्यक्ष खड्गबहादुर विष्टका अनुसार १५ वर्षपछि लाइसेन्स अवधिसम्म यो बढेर जडित क्षमतामा प्रतिकिलोवाट एक हजार रुपैयाँ र विद्युत उत्पादनमा विद्युत बिक्री राजस्वको १० प्रतिशत हुन जान्छ। हाल कार्यान्वयनमा रहेको रोयल्टी वितरणको खाका अनुरुप एवं राष्ट्रिय वित्त आयोगमा प्रस्तावित रोयल्टी बाडफाँटको खाका अनुरुप, कर्णाली प्रदेशले जलविद्युत आयोजनाबाट हुने कुल रोयल्टीको ५० प्रतिशत आयोजनास्थित प्रदेश सरकारलाई जान्छ। जस अनुसार अहिले सर्वेक्षणमा रहेका आयोजनाबाट मात्रै पहिलो १५ वर्षसम्म वार्षिक करिब ४ अर्ब रुपैयाँ र १५ वर्षपछि वार्षिक करिब १० अर्ब रुपैयाँ कर्णाली प्रदेशलाई रोयल्टीको रुपमा जानेछ।

यसका साथै आयोजनाहरुले प्रदेशलाई प्रत्यक्ष रुपमा रोयल्टी र रोजगारीको अवसर समेत दिने उनी बताउँछन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्