काठमाडौं– मनाङको चामे आसपास मर्स्याङ्दी नदी थुनिएपछि जोखिम बढेको छ। घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदीको बहाव रोकिँदा अवस्था संवेदनशील बनेको हो।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको ठूलो परिमाणको लेदो र बाढीले मर्स्याङ्दी नदीको बहाव अवरुद्ध भएको छ। नदीको बहावसमेत बढिरहेका कारण आसपासका क्षेत्रमा जोखिम थपिएको उनले बताए।
नदी थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै चामे क्षेत्रमा अहिले साइरन बजाइएको छ। प्रशासनले नदी आसपासका बस्तीमा सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
नदीमा थुनिएको पानी एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा तीव्र बाढी आउन सक्ने भएकाले स्थानीय प्रशासनले अवस्थाको निगरानी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।