काठमाडौं– साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदी सस्तिएको छ। अघिल्लो दिनका तुलनामा सुनको भाउ एक सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यो मूल्य गत आइतबारका तुलनामा ७ सय रुपैयाँ कम हो भने बिहीबारका तुलनामा एक सय रुपैयाँ बढी हो।
गत आइतबार सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत आइतबार चाँदी १२ सय १० थियो भने बिहीबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८११.५८ डलरमा कारोबार भइरहेको छ भने चाँदी २३.९२ डलर प्रतिऔंस छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।