फाइल तस्विर
काठमाडौं– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन। बिहान करिब ७:५० बजेदेखि निरन्तर पहिरो खसिरहेको कार्यालयले जनाएको छ।
पहिरोले सडक दुईतर्फी रुपमै अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।