काठमाडौं– काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ। खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो। तीन महिनाअघि उनलाई खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएको वडा सदस्य मधुसूदन प्रधानले बताए।
नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलीका लागि उनको शव वडा कार्यालयमा लगिने प्रधानले बताए।
उनको अन्तिम संस्कार दिउँसो पशुपति आर्यघाटमा गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।