काठमाडौं- प्रधानन्यायाधीश सहभागी नभएको संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका रिटको सुनुवाइ तत्काल नर्गन आदेश गरेको छ।
रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाको सुनुवाइ नगर्नु नगराउनु भनी सर्वाेच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशपछि शुक्रबार पेसी रहेको उक्त मुद्दा रोकिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक परिषद् सदस्य रहने प्रधानन्यायाधीश संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुङ्गो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नु पर्ने आदेश गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।