काठमाडाैं– पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको उनको परिवारले जनाएको छ।
२०३४ सालदेखि २०५९ सालसम्म सरकारी सेवामा रहेका रेग्मी गृहसचिव भएको समयमा राजीनामा दिँदै अलग भएका थिए। शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी गृहप्रशासनमा लामो समय बिताएका थिए ।
प्रमुख जिल्ला अधिकारी हुँदै गृह सचिवसम्म भएका रेग्मी २०५९ सालमा वरिष्ठताका आधारमा मुख्यसचिव हुनुपर्नेमा नपाएपछि राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।