काठमाडौं– निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनको निर्वाचन अब प्रत्यक्ष प्रणालीमा हुने भएको छ। संघीय निजामती ऐनको मस्यौदामा ट्रेड यूनियनको चुनाव प्रत्यक्ष प्रणालीमा हुने प्रस्ताव गरिएको छ।
यसअघि चुनावमा पार्टी निकट ट्रेड यूनियनहरुलाई उम्मेदवार बनाएर मतदान हुन्थ्यो। । जून ट्रेड यूनियनले धेरै मत पायो, सोही संगठनबाट अध्यक्ष हुने हुने प्रावधान थियो। प्रस्तावित ऐन पास भएमा अब व्यक्ति नै उम्मेदवार हुनेछन्।
आधिकारीक ट्रेड यूनियन बाहेक पार्टी निकट ट्रेड यूनियन नराख्ने निर्णय भएसँगै निर्वाचन प्रणाली पनि हेरफेरको प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।
ट्रेड यूनियनका नेताहरुले भने अन्य ट्रेड यूनियन नराख्ने प्रस्तावको विरोध गर्दै आएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओली तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पार्टी निकट ट्रेड यूनियन नराख्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।