• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चको फैसला : काका–ससुराबाट पनि मिर्गौला दान लिन सकिने

64x64
नेपाल लाइभ बुधबार, भदौ १६, २०७८  १६:०३
1140x725

काठमाडौं– सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ। 
 
मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो। 

झापाकी एक बिरामीका तर्फबाट दायर भएको मुद्दामा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका–ससुराबाट मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो। 

झापाको भद्रपुर नगरपालिका-१० की गीता कुमारी भण्डारीले उनका काका ससुराको मिर्गाैला उनको मन्जुरीमा प्रत्यारोपणका लागि चिकित्सकीय सहमति माग गर्दा प्रचलित मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ) को कानुनी व्यवस्था बमोजिमको नजिकको नातेदार नभएको भन्दै शहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्र प्रत्यारोपण गर्न मानेको थिएन।

Ncell 2
Ncell 2

जसविरुद्ध पीडित पक्ष सर्वाेच्च पुगेको थियो। 'नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकको रुपमा प्रत्यापन गर्नका साथै मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रावत ऐनको मूल उद्देश्य नै मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको परिद विकी जस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ', फैसलामा भनिएको छ, 'मानव अंग प्रत्यारोपण सम्बन्धमा पूजा खत्रीविरुद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं समेत (०६९-WS-००५९) को मुद्दामा समेत मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्या गरेको देखिन्छ। काका ससुरालाई मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)ले स्पष्ट रुपमा बाहेक गरेको देखिँदैन।'

मिर्गाैला प्रत्यारोपण गर्न काका ससुराको मन्जुरी भएको र त्यसलाई निषेध गर्नुपर्ने आधारभूत कारण नभएको भन्दै फैसलामा भनिएको छ, 'काका ससुरालाई स्वेच्छिक दान गरी भाई बुहारीको जीवन रक्षामा योगदान पुर्‍याउने पवित्र मानवीय दृष्टिकोण समेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यर्थी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८।४।२२ को पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ।'

No description available.

No description available.

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय
महिला मन्त्री श्रेष्ठद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक, नीतिगत तथा सेवा सुधारमा जोड
५४ अंक बढ्यो सेयर बजार
सम्बन्धित सामग्री
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति र... आइतबार, चैत ८, २०८२
पाल्पामा टिप्पर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुप... आइतबार, चैत ८, २०८२
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला... आइतबार, चैत ८, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय आइतबार, चैत ८, २०८२
महिला मन्त्री श्रेष्ठद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक, नीतिगत तथा सेवा सुधारमा जोड आइतबार, चैत ८, २०८२
५४ अंक बढ्यो सेयर बजार आइतबार, चैत ८, २०८२
नेविसंघले तोक्यो महाधिवेशनको मिति, आफ्नै खर्चमा गर्ने घोषणा आइतबार, चैत ८, २०८२
छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समूहको निर्णय आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्