• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लुम्बिनीमा अब विद्युतीय सवारी, भारतमा लोड भएका १८ सवारीसाधन असार पहिलो साता भित्रँदै

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  १०:५१
1140x725

भैरहवा- लुम्बिनीमा अब विद्युतीय सवारीसाधन गुड्ने भएका छन्। लुम्बिनी क्षेत्रमा प्रदूषणरहित सवारीसाधन सञ्चालन गर्ने लुम्बिनी विकास कोषको योजना अनुसार एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भारतमा निर्मित विद्युत सवारी साधन लुम्बिनीमा गुड्ने भएका हुन्।

ती सवारी लुम्बिनीका लागि लोड भएको र असारको पहिलो साता आइपुग्ने लुम्बिनी विकास कोषका योजना प्रमुख एवं निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए। उनका अनुसार आउन लागेको सवारी साधनहरुमध्ये ११ वटा कार र ७ वटा बस रहेका छन्। सबै सवारीसाधनहरु एसी जडित हुन्। 

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि एडिबीले भैरहवादेखि लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि उक्त विद्युतिय सवारीसाधन प्रदान गर्न लागेको उनले बताए। भट्टराईका अनुसार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रहरू कपिलवस्तु, देवदह, रामग्राम लगायतका स्थानमा उक्त सवारीसाधन सञ्चालन हुनेछ।

'भैरहवा विमानस्थलदेखि लुम्बिनी क्षेत्रमा प्रदूषणरहित विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य रहे पनि हाललाई विमानस्थलको काम सम्पन्न नभएकाले बुद्धसर्किटमा उक्त सवारी सञ्चालन गर्छौं,' उनले भने, 'विमानस्थल निर्माण सकिएपछि त्यहाँसम्मका लागि पनि सिधै बस सेवा थप्ने तयारी छ।' 

उनले एडिबीले कोषलाई हस्तान्तरण गर्ने उक्त विद्युतिय सवारीसाधन निजी क्षेत्रलाई सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको र भाडादर समेत हाल रहेको दरअनुसार नै हुने गरी छलफल भइरहेको बताए। उनका अनुसार कुल २८ करोडको लागतमा लुम्बिनी ‘क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट’ नाममा उक्त योजना अनुसार विद्युतिय सवारी आउन लागेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

स्थानीय बासिन्दा र पर्यटक लक्षित सञ्चालनमा आउने यी सवारीसाधन सबै सौर्य ऊर्जामार्फत चल्नेछन्। 

विद्युतिय सवारीसाधनका लागि लुम्बिनीमा सोलार चार्जर स्टेशन निर्माण गरिने र त्यसको लागि टेन्डरसमेत आह्वान भइसकेको उनले जानकारी दिए।

सोलार चार्जर स्टेसन निर्माण गर्न केही समय लाग्ने हुँदा नयाँ वर्ष २०१९ को जनवरीदेखि ती सवारी सञ्चालनमा ल्याउने लक्ष्य रहेको योजना प्रमुख भट्टराईले बताए। 

सवारी साधनहरुलाई अन्तर्राष्ट्रिय वातावरण दिवसका दिन (मंगलबार) भारतका ठूला उद्योग तथा सार्वजनिक यातायातमन्त्री अनन्त गितेले एक कार्यक्रमका बीच नेपाल पठाउनका लागि हरियो झन्डा देखाएका छन्। भारतीय अटो कम्पनी गोल्डेन स्टोन इन्फ्राटेक प्रालिले विद्युतीय सवारीहरु पहिलो पटक भारतमा निर्माण गरेको हो। नेपालपछि भारतमै यो सवारीको सार्वजनिकीकरण हुनेछ भने त्यसपछि दक्षिण एसियाका विभिन्न मुलुकमा सवारी निर्यात गर्ने भारतीय सञ्चारमाध्यम एएनआईले आफनो अनलाइन संस्करणमा जनाएको छ। 

गोल्डेन इन्फ्राटेकले विद्युतीय सवारी साधन निर्माण गर्ने विश्वकै सबैभन्दा ठूलो अटो कम्पनी बिवाइडी अटो इन्डस्ट्रिज प्रालिसँगको सहकार्यमा भारतमा पहिलो पटक विद्युतिय सवारी निर्माण गरी पहिलो उत्पादनका गाडी नेपाल पठाएको हो। शून्य प्रदूषण मापदण्डका विद्युतीय सवारीसाधन ‘ई–बज के सिक्स’ मोडलका रहेका छन्। १८ सिट क्षमताका रहेको बस यात्रुहरुलाई आरामदायी यात्राका लागि उपयोगी हुने गोल्डेन इन्फ्राका कार्यकारी निर्देशक नागा सत्यमले बताए।

यात्रुहरुलाई प्रदूषणमुक्त सवारीसाधनमा सहज र आरामदायी तरिकाले यात्रा गराउन सहयोग पुगोस् भन्दै आफूहरुले सहकार्य गरी भारतमा निर्माण गरिएको बिवाइडीका कार्यकारी निर्देशक झियांग जिले बताएको एएनआइको समाचारमा उल्लेख छ। जिले यो गाडीको बजार दक्षिण एसियाली मुलुक भएको र पहिलो निर्यात नेपालबाट सुरु गरिएको बताएका छन्। आफूहरुले वातावरणमैत्री सवारी निर्माण मात्र नगरेको नभई यसले विश्वमै समस्याका रुपमा देखिएको कार्बन उत्सर्जन घटाउन ठुलो सहयोग पुग्ने उनको भनाइ छ।

प्रतिघन्टा ८० किमि गति रहेको विद्युतिय बस एक पटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म गुड्न सक्छ। ३ चरणमा गरी ३ देखि ४ घन्टाभित्र सबै ब्याट्री चाँडै चार्ज गर्न सकिन्छ। एअर सस्पेन्सर जडित सवारी साधनमा एअर डिस्क ब्रेकसमेत रहेकोले अन्यभन्दा सुरक्षित, भरपर्दो र आरामादायी रहेको कम्पनीले दाबी गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्