• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगार विभागमा १० महिनाभित्र साढे १७ सयभन्दा बढी पीडितको उजुरी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  १०:२६
1140x725

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी हुने क्रम मासिक रुपमै बढ्दै गएको छ। सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनी र तिनका प्रतिनिधि एजेन्टलाई निगरानी गरे पनि विदेशिने कामदार ठगिने क्रम बढ्दो छ। 

दैनिक उजुरी लिएर वैदेशिक रोजगार विभागमा पुग्ने रोजगारपीडित ५ देखि १० जनासम्म हुने गरेका छन्। विभागमा चालू आर्थिक वर्ष सुरु भएको १० महिनामा व्यक्तिगत र संस्थागत गरी कुल १ हजार ७ सय ८७ उजुरी परेका छन्। विभागमा मासिक रुपमा उजुरी गर्ने पीडितको संख्या बढ्दै गए पनि ठगीमा संग्लन दोषीलाई कानुनी दायरामा ल्याई उजुरी परेअनुसार कारबाही गर्न सकिएको देखिँदैन।

विभागमा उजुरी दर्ता भएमध्ये १० महिनाको अवधिमा आधाको मात्र सुनुवाइ भएको विभागकै तंथ्याकले बताउँछ। विभागले यो अवधिमा दुवैतर्फ ९ सय १७ वटा मुद्दा मात्र फरफारक गरेको छ। विभागको पछिल्लो तंथ्याक अनुसार व्यक्तिगततर्फ जम्मा ८ सय ८९ वटा उजुरी परेका छन्। जसमा १ सय ६५ वटा उजुरीको मात्र फरफारक भएको छ। व्यक्तिगततर्फ पनि विभागमा उजुरी पर्ने क्रम निरन्तर बढेको छ। व्यक्तिगततर्फ थोरै मात्र उजुरीको फरफारक हुने गरेको देखिन्छ। 

विभागको पछिल्लो तंथ्याकलाई हेर्दा वैदेशिक रोजगारीमा जाने कामदार व्यक्तिगत दलालबाटै बढी ठगिने गरेको विभागाको उजुरी शाखाले जानकारी दिएको छ। गएका १० महिनामा संस्थागत ८ सय ८९ वटा उजुरी परेका छन्। जसमा संस्थागतभन्दा व्यक्तिगत उजुरी बढी देखिन्छ।  

त्यसैगरी व्यक्तिगत र संस्थागत गरी विभागमा उजुरी दाबी रकम ८३ करोड ४० लाख ७ हजार रहेको छ। विभागले १६ करोड ९३ लाख ५  हजार २ सय रुपैयाँ बिगो भराएको छ। वैदेशिक ठगी गर्ने व्यक्तिगत तथा संस्थागत गरी १ सय ७४ वटा उजुरी आदालतमा दायर भएका छन्। अदालतमा दायर भएका मुद्दा भने व्यक्तिगत तर्फका मात्र उजुरी रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

संस्थागत तर्फका मुद्दा विभागमै फरफारक गरिन्छ। त्यस्ता मुद्दा कम मात्र अदालत पुग्ने गरेका छन्। 

गएको १० महिनामा जम्मा ९ सय १७ उजुरी मिलापत्र गराउँदा संस्थागततर्फ ७ सय ५२ उजुरी मात्र फरफारक गरिएको विभागको तंथ्याकमा उल्लेख छ। अदालतमा बिगो दाबी रकम भने २६ करोड ९२ लाख ९५ हजार २ सय रुपैयाँसहित मुद्दा दर्ता गराएको पाइन्छ। चालु आर्थिक वर्ष सुरु भएको १० महिनामा विभागले २५ लाख ५० रुपैयाँ जरिवाना पीडितलाई भराएको जनाइएको छ।

युवालाई प्रलोभनमा पारी ठगी धन्दा
विभागमा वैदेशिक रोजगारी पीडितका उजुरी सुनुवाइका लागि प्रत्येक बुधबार सार्वजनिक छलफल हुने गरेको छ। तर यसमा व्यवसायी हाबी हुने गरेको पीडितले गुनासो गर्दै आएका छन्। 

मलेसिया, खाडी तथा अन्य मुलुकमा अशिक्षित व्यक्ति जाने भएका कारण पनि ठगीको धन्दा मैलाइरहेको सरोकारवालाको भनाइ छ। नेपालबाट काम गर्न जाने प्रायः अशिक्षित कामदारलाई एजेन्ट र म्यानपावर कम्पनीले रोजगारको प्रलोभनमा पारेर फसाउन गरेका छन्।

विभागमा तंथ्याक अनुसार ४० प्रतिशतभन्दा बढी पीडितको उजुरी सुनुवाइ नै हुँदैन। 

वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवराज रिजाल भने व्यवसायी र तिनका एजेन्टलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको बताउँछन्। सरकारले ठगी धन्दा चलाउने दलाललाई पक्राउ गर्दै आए पनि विभिन्न प्रलोभनमा परी कामदार ठगिने घटना भइरहेको उनले स्विकारे।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्