काठमाडौं- नेपाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।
मंगलबार सुनसरी, मकवानपुर र बागलुङका क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
कांग्रेसले आसन्न १४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका नामावलीहरु सार्वजनिक गरेको हो। यसअघि ५३ जिल्लाको नामावली सार्वजनिक गरिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।