काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोचसहित अघि बढिरहेको बताएका छन्।
मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका विषयमा आज सिंहदरबारमा निर्देशन दिँदै उनले जनअपेक्षा पूरा गर्न सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिए।
'यो सरकार पुजारी जस्तो होइन। बिहान उठ्ने, मन्दिर जाने, पूजा गर्ने, अनि भोलि फेरि उही रित दोहोर्याउने,' प्रधानमन्त्री ओलीले भने, 'देशलाई हामीले नयाँ ढंगले अघि बढाउनुपर्छ। विगतको निरन्तरता मात्र होइन।'
कार्यक्रम सञ्चालनबारे असार १५ गतेभित्र ठोस योजना लिएर आउन पनि उनले प्रत्येक मन्त्रालयलाई निर्देशन दिएका छन्। 'असार २५ गते ती योजनाको विषयमा व्यापक छलफल गरेर साउन १ गते देखि कार्यान्वयन सुरु गर्नुपर्छ,' उनले सचिवहरुसँग भने।
सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।