काठमाडौं- हालै मात्र नेपाली बजारमा भित्रिएको सीजी नेटले हिन्दू नारीहरुको पर्व तीजको अवसरमा महिलाहरुका लागि 'तीज अफर' सार्वजनिक गरेको छ।
उक्त अफर भदौ १६ देखि ३० गतेसम्म चल्ने छ कम्पनीले जनाएको छ। विशेषगरी महिला ग्राहकहरूका लागि मात्र लक्षित गरी ल्याइएको अफरमा छ महिना वा १२ महिनाको इन्टरनेज प्याकेज खरिद गर्नुपर्ने हुन्छ। खरिद गरिएको प्याकेज महिलाको नाममा हुनुपर्नेछ।
यस अफर इन्टरनेट प्याकेज खिरद गरेबापत लक्की ड्रबाट दैनिक रूपमा दुईवटा घरायसी सामग्री पुरस्कार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। साथै, अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र र नौ जनालाई थप पुरस्कार प्रदान गरिनेछ।
यो अफर सीजी नेटको पहुँच भएका स्थानहरूमा मात्र उपलब्ध हुने जनाएको छ। सीजी नेटले आफ्नो सेवा जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा विस्तार गरिसकेको जनाएको छ। अब थप स्थानहरूमा पनि चाँडै नै विस्तार गर्ने कम्पनीको भनाइ छ।
चौधरी ग्रुपअन्तर्गत सीजी कम्युनिकेसन्स लिमिटेडले सीजी नेटको सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।