फाइल तस्वीर
काठमाडौं– लगातारको वर्षा र इन्द्रावती नदीमा आएको बाढीका कारण अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ। मंगलबार दिउँसो पहिरो पन्छाएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए।
यसअघि मेलम्ची–जिरोकिलो सडक खण्डअन्तर्गत फटकशिलाको रातोपहरोमा माथिबाट पहिरो आई सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएसँगै मेलम्ची बजारसम्म बस सञ्चालन गर्न सकिने मेलम्ची नगरपालिकाले जनाएको छ।
बाटो सफा गर्न थालिएको जनाउँदै केही दिनभित्रै तालामाराङसम्म यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाले जनाएको छ।
असार १ गते र साउन १७ गते मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्चीदेखि माथिको सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ। विभिन्न स्थानमा खोलाले सडकसमेत कटान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।