काठमाडौं– लगातारको वर्षासँगै सोमबार रुपन्देहीको बुटवलमा पहिरो जाँदा ७ वटा घर पुरिएका छन्। पहिरोका कारण १५ वटा घरमा सामान्य क्षति पुगेको छ।
चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटका ७ घर पुरिएका इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
पहिरो खस्ने जोखिमका बढेपछि आइतबार नै बस्ती खाली गराइएका कारण मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
पहिरोले स्थानीय रोशन राणा, अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, ईश्वरा पाण्डे र मनकुमार शर्माको घर पुरिएको प्रहरीले जानकारी दिएको छ। अन्य १५ घरमा भने ढुङ्गासहितको लेदो माटो पसेको छ।
आइतबार पनि बुटवलमा पहिरोले गोलपार्कदेखि लक्ष्मीनगर जोड्ने सडक बगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।