काठमाडौं– अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुंगा–नौबिसे सडकखण्ड आज पुनः अवरुद्ध भएको छ ।
त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी बताए।
यसअघि हिजो (आइतबार) पनि पहिरोका कारण अवरुद्ध भएको सडक साँझदेखि एकातर्फी रुपमा खुलाइएको थियो।
सडक अवरुद्ध भएसँगै नागढुंगा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ।
पहिरो पन्छाउने क्रम जारी रहेको बताउँदै केही बेरमा सडक खुलाउन सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।