कैलाली- दार्चुलाको दुहुँ गाउँपालिका-१ बस्पालीमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
दुहुँ-१ बस्पालीमा पहिरोमा परेर नरसिंह महराको ज्यान गएको छ भने उनकी श्रीमति कौशीदेवी महरा बेपत्ता छिन्। घरमा श्रीमान श्रीमती मात्रै रहेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएका थिए।
पहिरोले पुरिएपछि उनीहरुको खोजी गर्नेक्रममा नरसिंह मृत फेला परेपनि पत्नी कौशीदेवी भने वेपत्ता रहेको आफन्त आनसिंह महराले जानकारी दिए।
यस्तै पहिरोले घर पुरिदाँ दुहूँ गाउँपालिका-५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन्। उनकी श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।