कैलाली - लगातारको वर्षाका कारण निजाङ्ग खोलामा आइतबार राति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल बगाएको छ।
बाढीले अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारामा रहेका पसलहरुसमेत बगाएको छ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनाराका ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।
बाढी आउँदा सो क्षेत्रका स्थानीयहरु राति नै सुरक्षित स्थानमा गएका कारण मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्।
बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए। उनले क्षतिको एकिन विवरण आइनसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।