कैलाली - पहिरोका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
चुरे गाउँपालिका ४ स्थित भासु भिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सोमबार विहान ३ बजेदेखि राजमार्ग अवरुद्ध रहेको बताउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले राजमार्ग खोल्ने प्रयास भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।